नेभिगेशन
समाज

यी ठाउँमा हुन सक्छ चट्याङसहित वर्षा

काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ ।


महाशाखाका अनुसार विभिन्न सहरको अद्यावधिक मौसम विवरणअनुसार तराईदेखि पहाड तथा हिमाली भूभागसम्म वर्षाको प्रभाव देखिने अनुमान गरिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मौसम विवरणअनुसार भैरहवा, सिमरा, जनकपुर, विराटनगर लगायतका तराई क्षेत्रका सहरमा दिउँसो हल्कादेखि मध्यम वर्षा हुने सम्भावना देखिएको छ भने राति पनि वर्षा जारी रहने अनुमान छ । यी क्षेत्रमा अधिकतम तापक्रम ३० देखि ३६ डिग्री सेल्सियसको आसपास रहने महाशाखाको भनाइ छ ।

Ncell
Extreme Energy

काठमाडौं उपत्यकामा पनि आज दिनभर मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यहाँ अधिकतम तापक्रम २२ देखि २४ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ भने रातिको तापक्रम १६ देखि १८ डिग्री सेल्सियससम्म झर्नेछ ।

पूर्वी पहाडी क्षेत्रका धनकुटा, जिरी, ताप्लेजुङ र ओखलढुङ्गामा पनि वर्षाको प्रभाव देखिनेछ । यी क्षेत्रमा विशेषगरी बेलुका र रातिको समयमा मध्यम वर्षा हुने सम्भावना रहेको छ । त्यसैगरी पोखरा, जोमसोम र जुम्ला क्षेत्रमा पनि मेघगर्जनसहित हल्का वर्षा हुने पूर्वानुमान गरिएको छ ।

पश्चिमी क्षेत्रका धनगढी, नेपालगञ्ज र वीरेन्द्रनगरमा दिउँसो हल्का वर्षा भए पनि रातिको समयमा आंशिक बदली रहने सम्भावना छ । यी क्षेत्रमा वर्षाको सम्भावना तुलनात्मक रूपमा कम देखिएको छ ।

मौसमविद् सरोज पुढासैनीले हाल देशभर स्थानीय वायुसँगै पश्चिमी वायु प्रणालीको प्रभावका कारण मौसम बदली भई वर्षाको अवस्था बनेको बताए । विभागले मेघगर्जन र चट्याङको जोखिम रहेकाले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नारायणगढ–मुग्लिन सडकखण्डको सिमलताल नजिक पहिरो, यातायात सेवा अवरुद्ध

नारायणगढ–मुग्लिन सडकखण्डको सिमलताल नजिक पहिरो, यातायात सेवा अवरुद्ध

नारायणगढ–मुग्लिन सडकखण्डको सिमलताल नजिक आज बिहान पहिरो खस्दा दुईतर्फी नै यातायात सेवा अवरुद्ध भएको छ ।
नेपालले आफै उत्पादन गर्न थाल्यो बिजुलीका पोल, ऊर्जामन्त्री भन्छन्: आत्मनिर्भरतातर्फ महत्वपूर्ण पाइला

नेपालले आफै उत्पादन गर्न थाल्यो बिजुलीका पोल, ऊर्जामन्त्री भन्छन्: आत्मनिर्भरतातर्फ महत्वपूर्ण पाइला

नेपालले आफै बिजुलीका पोल उत्पादन गर्न थालेको छ ।
ऊर्जा क्षेत्रमा नयांँ आयाम : भूमिगत तारबाट बिजुली जोड्न थालियो

ऊर्जा क्षेत्रमा नयांँ आयाम : भूमिगत तारबाट बिजुली जोड्न थालियो

नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले भरतपुरमा ग्राहकहरुकोमा भूमिगत तारबाट विद्युत लाइन जोड्न थालेको छ ।
सरकारले भन्यो : एलपी ग्यासको आपूर्ति केही दिनमै सहज हुन्छ

सरकारले भन्यो : एलपी ग्यासको आपूर्ति केही दिनमै सहज हुन्छ

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुने जनाएको छ ।