नेभिगेशन
समाज

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा निर्मल ढकाल

काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा सह–सचिव निर्मल ढकाल नियुक्त भएका छन् । यसअघिका महानिर्देशक मनत्रालय तानिएपछि अर्थ मन्त्रालयलले नयाँ महानिर्देशक नियुक्त गरेको हो । 

सहसचिव ढकाल यसअघि सोही विभागमा उपमहानिर्देशकको रुपमा कार्यरत थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरलाई बैशाख १० गते मन्त्रालय तानिएको थियो । हिमालयन रीमा महानिर्देशक ठाकुरको श्रीमतीको पनि शेयर कारोबार रहेको खुलेपछि बिहीबार ठाकुरलाई मन्त्रालय तानिएको थियो । 

Ncell
Extreme Energy

ठाकुर यसअघि २०७८ सालमा पनि विभागमा थिए । हिमालयन रिले अनुमति पाउँदा ठाकुर विभाग प्रमुख थिए । र, त्यही  हिमालयन रि मा उनकी श्रीमती राखी निहारिका ठाकुरको नाममा बीस हजार कित्ता शेयर छ ।

त्यही कम्पनीका सञ्चालकहरुमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको समयमा ठाकुरले आफ्नी श्रीमती लगानीकर्ता भएको कम्पनीमा निष्पक्ष छानबिन गर्न नसक्ने भन्दै प्रश्न उठेपछि उनलाई मन्त्रालय तानिएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भारी वर्षाको जोखिमः किसानलाई सतर्कता अपनाउन विभागको आग्रह

भारी वर्षाको जोखिमः किसानलाई सतर्कता अपनाउन विभागको आग्रह

कृषि विभागले हुरीबताससहित भारी वर्षाको सम्भावना रहेकाले बाली र भण्डारण गरिएका अनाजमा हुनसक्ने सम्भावित क्षति न्यूनीकरणका लागि सावधानी अपनाउन आग्रह गरेको छ ।
विश्वमञ्चमा बालेन : नेपालले भोगेको बाढीबाट विश्वलाई चेतावनी

विश्वमञ्चमा बालेन : नेपालले भोगेको बाढीबाट विश्वलाई चेतावनी

धानमन्त्री बालेन शाहले नेपालको बाढी, जलवायु परिवर्तन र त्यसबाट उत्पन्न मानवीय तथा विकास संकटलाई संयुक्त राष्ट्रसंघको महासभामार्फत विश्व समुदायसामु प्रस्तुत गरेका छन्।
‘जलवायु संकटको मूल्य नेपालले चुकाउँदैछ, प्रदूषक राष्ट्रले बढी जिम्मेवारी लिनुपर्छ’

‘जलवायु संकटको मूल्य नेपालले चुकाउँदैछ, प्रदूषक राष्ट्रले बढी जिम्मेवारी लिनुपर्छ’

प्रधानमन्त्री बालेन शाहले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान गर्ने नेपालले जलवायु परिवर्तनको असाध्यै ठूलो मूल्य चुकाइरहेको भन्दै ऐतिहासिक रूपमा बढी प्रदूषण गर्ने राष्ट्रहरूले अब बढी...