नेभिगेशन
समाज

इरान प्रस्तावप्रति अमेरिका कठोर

काठमाडाैँ । युद्ध अन्त्य र हर्मुज जलघाँटी पुनः सञ्चालन गर्ने प्रस्ताव अघि सारे पनि इरानले आफ्नो आणविक कार्यक्रमबारे छलफल स्थगित गर्न खोजेपछि अमेरिकाले स्पष्ट रूपमा चासो नदेखाएको सङ्केत दिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले उक्त प्रस्तावलाई तत्काल स्वीकार गर्ने सम्भावना कमजोर देखिएको छ ।

इरानले अमेरिकाले आफ्नो आर्थिक नाकाबन्दी हटाए युद्ध अन्त्य गर्ने र रणनीतिक रूपमा अत्यन्त महत्त्वपूर्ण स्ट्रेट अफ हर्मुज पुनः खोल्ने प्रस्ताव पठाएको थियो । तर उक्त प्रस्तावमा इरानको आणविक कार्यक्रमबारे वार्ता रोक्ने कुरा समावेश भएकाले वासिङ्टन असन्तुष्ट देखिएको हो । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सोमबार फक्स न्युजसँगको अन्तर्वार्तामा स्पष्ट पार्दै कुनै पनि सम्झौताले इरानलाई भविष्यमा आणविक हतियारतर्फ जानबाट रोक्नुपर्ने अनिवार्य शर्त रहेको बताए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले भने, “हामीले सुनिश्चित गर्नुपर्छ कि कुनै पनि सम्झौताले उनीहरूलाई कुनै पनि अवस्थामा आणविक हतियार विकास गर्ने बाटोमा अघि बढ्न नदियोस् ।” रुबियोले इरानको प्रस्ताव पाकिस्तानमार्फत आएको पुष्टि गर्दै त्यसप्रति गम्भीर सन्देह व्यक्त गरे। उनका अनुसार इरानी नेतृत्व वार्तामा समय तान्न दक्ष रहेको छ र त्यसलाई सजिलै विश्वास गर्न सकिने अवस्था छैन ।

Ncell
Extreme Energy

ह्वाइट हाउसले पनि राष्ट्रपतिको राष्ट्रिय सुरक्षा टोलीले प्रस्तावबारे छलफल गरिसकेको जनाएको छ । राष्ट्रपति ट्रम्पले यस विषयमा पछि औपचारिक प्रतिक्रिया दिने बताइएको छ । यसबीच, इरानका विदेशमन्त्री अब्बास अराघचीले मस्को भ्रमणपछि उक्त प्रस्ताव सार्वजनिक गरे । तेहरानको दीर्घकालीन सहयोगी मानिने रुसले यस विषयमा कस्तो भूमिका खेल्ने भन्ने अझै स्पष्ट भएको छैन ।

युद्धको मानवीय क्षति भने दिनप्रतिदिन बढ्दो छ । इरानमा हालसम्म कम्तीमा तीन हजार ३७५ जनाको ज्यान गएको छ भने लेबनानमा दुई हजार ५२१ जनाको मृत्यु भइसकेको छ । इजरायल र इरान समर्थित हिजबुल्लाहबीच युद्ध सुरु भएको दुई दिनपछि पुनः चर्किएको द्वन्द्वले क्षेत्रीय अस्थिरता थप गहिरो बनाएको छ । इजरायलमा २३ जनाको ज्यान गएको छ भने खाडीका अरब राष्ट्रहरूमा एक दर्जनभन्दा बढीको मृत्यु भएको छ । यसैबीच, लेबनानमा १६ इजरायली सैनिक, क्षेत्रमा १३ अमेरिकी सैनिक र दक्षिणी लेबनानमा छ जना संयुक्त राष्ट्रसङ्घका शान्तिरक्षकहरू मारिएका छन् ।

अमेरिकी अधिकारीहरूले इरानको व्यवहारलाई विश्व ऊर्जा सुरक्षाका लागि गम्भीर चेतावनीका रूपमा लिनुपर्ने बताएका छन् । 

अमेरिकी विदेश मन्त्रालयकी राजनीतिक मामिला उपसचिव एलिसन हुकरले क्रोएसियाको डुब्रोभनिकमा आयोजित बहुपक्षीय भेलामा बोल्दै हर्मुज जलघाँटीमा इरानको गतिविधिलाई ‘अवैध’ भन्दै त्यसले विश्वलाई ऊर्जा आपूर्ति सुरक्षाबारे पुनर्विचार गर्न बाध्य पारेको बताए।

उनले, “यो घटनाले हाम्रो आपूर्ति शृङ्खलालाई सुरक्षित बनाउने र अविश्वसनीय साझेदारमाथिको निर्भरता घटाउने आवश्यकता स्पष्ट पारेको छ ।” हुकरका अनुसार विश्व तीव्र गतिमा परिवर्तन भइरहेकाले ऊर्जा स्रोतको विविधीकरण र अन्तरदेशीय सहकार्य अझै मजबुत बनाउनुपर्ने समय आएको छ ।

रुबियोले पनि इरानको आणविक महत्त्वाकांक्षा नै मुख्य समस्या भएको दोहोर्‍याउँदै यदि वर्तमान धार्मिक नेतृत्व कायम रह्यो भने भविष्यमा इरानले आणविक हतियार विकास गर्ने निर्णय लिन सक्ने बताए । उनले भने, “त्यो आधारभूत मुद्दा अझै समाधान हुन बाँकी छ, र यही नै अहिलेको सबैभन्दा ठूलो चिन्ता हो ।”
–––

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सरकार र डा. गोविन्द केसीबीच सहमति, तोडे अनसन

सरकार र डा. गोविन्द केसीबीच सहमति, तोडे अनसन

बिहीबारदेखि धनगढीमा अनसन बसेका डा. केसीसँग वार्ता गर्न शिक्षामन्त्रीको निर्देशनमा शिक्षा सचिव चूडामणि पौडेल शनिबार धनगढी पुगेका थिए ।
नागढुङ्गा सुरुङमार्ग प्रभावित क्षेत्रको खानेपानी व्यवस्थापनमा भयो ११ निर्णय

नागढुङ्गा सुरुङमार्ग प्रभावित क्षेत्रको खानेपानी व्यवस्थापनमा भयो ११ निर्णय

नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाबाट प्रभावित क्षेत्रको खानेपानी आयोजनाको दीर्घकालीन सञ्चालन, मर्मतसम्भार तथा स्थानीय सरोकारका विषयमा पूर्वाधार विकासमन्त्री सुनील लम्साल र प्रभावित क्षेत्रका स्थानीय प्रतिनिधिबीच छलफल भएको छ ।
‘नियमकीय गुणस्तर सुधार गर्दै पूँजीबजार विकासका लागि धितोपत्र बोर्डले काम गर्नुपर्छ’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

‘नियमकीय गुणस्तर सुधार गर्दै पूँजीबजार विकासका लागि धितोपत्र बोर्डले काम गर्नुपर्छ’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

सो क्रममा उनले बोर्ड नेतृत्वलाई उच्च नैतिकतासहित पूँजीबजार विकासको कार्य अघि बढाउन निर्देशन दिए । ‘नयाँ अध्यक्ष नियुक्त भएपछि बोर्डले दीर्घकालीन उद्देश्यसहित अघि बढ्न खोजेको र त्यसको सकारात्मक...

भर्खरै