नेभिगेशन
समाज

शीतलनिवासमा ५ अध्यादेश, राष्ट्रपतिले के गर्दैछन् ?

काठमाडोँ । सरकारले दुई दिनमा ५ वटा अध्यादेश जारी गर्न राष्ट्रपतिको कार्यालय शीतलनिवास पठाएको छ । सोमबार २ र मंगलबार ३ वटा गरी ५ पाँच वटा अध्यादेश शीतलनिवास पुगेको हो ।

सरकारले सोमबार संवैधानिक परिषद र सहकारी सम्बन्धित अध्यादेश पठाएको थियो भने मंगलरबार  स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी अध्यादेश, केही नेपाल कानुन संशोधन गर्न बनेको अध्यादेश र विश्वविद्यालयसम्बन्धी अध्यादेश पठाएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शीतलनिवास स्रोतका अनुसार राष्ट्रपति कार्यालयले अहिले पाँच वटै अध्यादेशका प्रावधानबारे अध्ययन गरिरहेको छ ।

Ncell
Extreme Energy

सरकारले संसदलाई छलेर अध्यादेश ल्याएको भन्दै विपक्षी दलहरुले आलोचना गरिरहेका छन् । आज पनि विपक्षी दलहरुको बैठक बसेको छ ।

शीतलनिवास स्रोतले भने अध्यादेशमा उल्लेख गरिएका प्रावधानबारे अध्ययन भइरहेकाले कहिले जारी हुन्छ भनेर यसै भन्न नसकिने जनाएको छ ।

संविधानअनुसार, संसद् चालु नभएको अवस्थामा सरकारले अध्यादेश ल्याउन सक्ने छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्ने संवैधानिक व्यवस्था छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको छः  परराष्ट्रमन्त्री खनाल

सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको छः  परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले जेनजी आन्दोलनपछि बनेको सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको बताएका छन् ।
विदेशमा रहेका नेपालीलाई मताधिकार कसरी ? आयोगले बनायो दुई कार्यदल

विदेशमा रहेका नेपालीलाई मताधिकार कसरी ? आयोगले बनायो दुई कार्यदल

निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्ने विषयमा अध्ययन गर्न निर्वाचन आयुक्त गुरुप्रसाद वाग्लेको संयोजकत्वमा कार्यदल बनाएको छ ।
स्थगित भयो रास्वपाको क्लोज क्याम्प

स्थगित भयो रास्वपाको क्लोज क्याम्प

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरूलाई दिन लागेको तीन दिने प्रशिक्षण स्थगित भएको छ ।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा रवि लामिछानेले भनेका सात कुरा

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा रवि लामिछानेले भनेका सात कुरा

‘हामी चार महिनादेखि सरकारको नेतृत्व गरिरहेका छौं । तर आवाजहरू उस्तै देखिन्छन्,’ उनले भने, ‘चार महिनाको अवधिमा देशमा उस्तै आवाज, अझ ठूलो आवाज– भएन, सकिएन भन्ने आवाज आउन...