नेभिगेशन
समाज

सरकारले ल्याएको अध्यादेशबारे रास्वपा सभापति रवि लामिछानेले के भने ?

काठमाडौँ । सरकारले ५ वटा अध्यादेश जारी गर्न राष्ट्रपति कार्यालयमा सिफारिस गरेपछि रास्वपा र सरकारप्रति विपक्षी दलहरुले आलोचना गरिरहँदा रास्वपा सभापति रवि लामिछानेले कुनै पनि दललाई फुटाउन र कसैलाई थुन्न अध्यादेश नल्याइएको जवाफ दिएका छन् ।

आज सिंहदरबारमा बसेको रास्वपा संसदीय दलको अनौपचारिक बैठकमा सभापति लामिछानेले विगतमा कुनै दल फुटाउन र विपक्षीलाई थुन्न अध्यादेश ल्याउने अभ्यास रहेको स्मरण गरे । तर, यसपालि ती कुनै पनि उद्देश्यले अध्यादेश नल्याइएको उनको भनाइ छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिंहदरबारस्थित रास्वपाको संसदीय दलको बैठकमा रास्वपा सांसदहरुले समेत अध्यादेशका बारेमा चासो राखेका थिए ।

Ncell
Extreme Energy

यस्तो छ, सभापति लामिछानेको जवाफ 
‘विगतमा भएको अनावश्यक दलीयकरण र गलत नियुक्तिलाई नसच्याएसम्म जनताले यो सरकारबाट गरेको अपेक्षा पुरा गर्न सकिँदैन। पहिले अध्यादेश दल फुटाउन वा विपक्षीलाई थुन्न ल्याइने अभ्यास थियो। अहिलेको अभ्यास कसैलाई दुःख दिन वा कसैलाई सुविधा दिन हैन यो आवश्यक सुधारको लागि हो। यो कदम, कानुनी दायरामा बसेर गरिँदै गरेको एक अभ्यास हो। कानुन, राजनीतिक व्यवहार र लोकतान्त्रिक पद्धतिप्रति राष्ट्रिय स्वतन्त्र पार्टी कति गम्भीर छ भन्ने कुराको सूचक संसदीय समिति प्रमुख प्रतिपक्षले एक बचन माग नगर्दा पनि दिएको अभ्यासले पनि देखाउँछ। विगतमा प्रधानमन्त्रीकै पार्टीको सांसद लेखा समिति सभापति बनेको धेरै उदाहरण छ। हामी त्यो सच्याउन चाहन्थ्यौं, इमानदार भएर बढ्यौं।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको छः  परराष्ट्रमन्त्री खनाल

सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको छः  परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले जेनजी आन्दोलनपछि बनेको सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको बताएका छन् ।
विदेशमा रहेका नेपालीलाई मताधिकार कसरी ? आयोगले बनायो दुई कार्यदल

विदेशमा रहेका नेपालीलाई मताधिकार कसरी ? आयोगले बनायो दुई कार्यदल

निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्ने विषयमा अध्ययन गर्न निर्वाचन आयुक्त गुरुप्रसाद वाग्लेको संयोजकत्वमा कार्यदल बनाएको छ ।
स्थगित भयो रास्वपाको क्लोज क्याम्प

स्थगित भयो रास्वपाको क्लोज क्याम्प

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरूलाई दिन लागेको तीन दिने प्रशिक्षण स्थगित भएको छ ।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा रवि लामिछानेले भनेका सात कुरा

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा रवि लामिछानेले भनेका सात कुरा

‘हामी चार महिनादेखि सरकारको नेतृत्व गरिरहेका छौं । तर आवाजहरू उस्तै देखिन्छन्,’ उनले भने, ‘चार महिनाको अवधिमा देशमा उस्तै आवाज, अझ ठूलो आवाज– भएन, सकिएन भन्ने आवाज आउन...