नेभिगेशन
समाज

सभामुख अर्यालसँग संयुक्त राष्ट्रसङ्घकी आवासीय संयोजक याहियाको शिष्टाचार भेट

काठमाडौँ । सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि संयुक्त राष्ट्रसङ्घकी आवासीय संयोजक लिला पिटर्स याहियाले आज शिष्टाचार भेटवार्ता गरेका छन्।

भेटमा नेपाल–संयुक्त राष्ट्रसङ्घ सहकार्य, युवा सहभागिता, शिक्षा, लैङ्गिक समानता, कूटनीति तथा जलवायु परिवर्तनका समसामयिक विषयमा विस्तृत छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भेटका क्रममा सभामुख अर्यालले आवासीय संयोजक याहियालाई स्वागत गर्दै नेपाल सरकार र सङ्घीय संसद् संयुक्त राष्ट्रसङ्घसँग समन्वयका लागि सदैव प्रतिबद्ध रहेको बताएका थिए । पछिल्लो आम निर्वाचनपश्चात् गठन भएको प्रतिनिधिसभामा युवाहरूको उल्लेखनीय सहभागिता भएको उल्लेख गर्दै यसलाई नेपालको लोकतान्त्रिक अभ्यासको ऐतिहासिक उहाँले उपलब्धि बताए।

Ncell
Extreme Energy

“निर्वाचनपश्चात् हामी परिणाममुखी कार्यसम्पादनमा केन्द्रित छौँ”, सभामुख अर्यालले भने, “युवाहरूलाई सशक्तीकरण गर्दै अघिल्लो पुस्ताको अनुभवसँग समन्वय गरी अघि बढ्नु आजको आवश्यकता हो ।” उनले समावेशी लोकतन्त्र सुदृढीकरणका लागि महिला सहभागिता वृद्धि अपरिहार्य रहेको उल्लेख गर्दै वर्तमान संवैधानिक व्यवस्थालाई थप सुदृढ बनाउँदै महिला–पुरुष ५०/५० प्रतिनिधित्वतर्फ उन्मुख हुने लक्ष्य रहेको जानकारी दिए।

सभामुख अर्यालले अबको राजनीतिक प्राथमिकता विकास, सुशासन र चेतनाको विस्तारमा केन्द्रित हुनुपर्नेमा जोड दिए। उनले विभिन्न पुस्ताबीचको अनुभव, ऊर्जा र क्षमताको समायोजनमार्फत शिक्षा, स्वास्थ्य लगायतका आधारभूत क्षेत्रमा सुधार ल्याउने उद्देश्यका साथ प्रभावकारी कानुन निर्माणमा संसद केन्द्रित हुने स्पष्ट पारेका थिए।

शान्ति स्थापना मिसनमा नेपालको योगदान उल्लेख गर्दै सभामुख अर्यालले नेपाल संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापना अभियानमा अग्रणी योगदानकर्ता राष्ट्रमध्ये एक भएको बताए। अन्तरराष्ट्रिय सन्धि तथा महासन्धिहरूका सन्दर्भमा नेपालको राष्ट्रिय हितअनुरूप आवश्यक अध्ययन गरी उपयुक्त निर्णय लिने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।

जलवायु परिवर्तनका विषयमा सभामुख अर्यालले नेपाल न्यून कार्बन उत्सर्जन गर्ने राष्ट्र भए तापनि यसको प्रत्यक्ष र गम्भीर असर भोगिरहेको उल्लेख गरेका थिए।  “हिमालहरू तीव्र रूपमा पग्लिरहेका छन्, जनजीवन प्रभावित भइरहेको छ र विपद्का घटनाहरू बढिरहेका छन्”, उनले भने, “नेपालले जलवायु न्यायका लागि अन्तरराष्ट्रिय मञ्चहरूमा निरन्तर आवाज उठाइरहेको छौँ ।”

उक्त अवसरमा आवासीय संयोजक याहियाले संयुक्त राष्ट्रसङ्घका महासचिव तथा नेपालस्थित युएन टिमको तर्फबाट सभामुख अर्याललाई बधाई ज्ञापन गर्दै नेपालको लोकतान्त्रिक उपलब्धिको प्रशंसा गरे। उनले सङ्क्रमणकालीन अवस्थाबाट सफलतापूर्वक बाहिरिँदै निर्वाचन सम्पन्न गरी युवामुखी संसद् गठन गर्नु नेपालका लागि मात्र नभई विश्वकै लागि उदाहरणीय भएको उल्लेख गरेका थिए। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
उच्चले पनि भन्यो– दिपक भट्ट र सुलभ अग्रवाललाई थुनामै राख्नु

उच्चले पनि भन्यो– दिपक भट्ट र सुलभ अग्रवाललाई थुनामै राख्नु

बैंकिङ कसुर मुद्दामा न्यायाधीशद्वय ऋषि राजभण्डारी र सोमकान्त मैनालीको इजलासले थुनामा पठाउन आदेश दिएको हो ।
काभ्रे, झापा र उदयपुरका स्थानीय तहबाट पनि सुरु भयो मालपोत सेवा

काभ्रे, झापा र उदयपुरका स्थानीय तहबाट पनि सुरु भयो मालपोत सेवा

यसअघि काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाबाट नापी तथा मालपोत सेवा औपचारिक रूपमा सुरु गरिएको थियो। यससँगै हालसम्म कागेश्वरी मनोहरा, शिवसताक्षी, भुम्लु र चौदण्डीगढी गरी चार स्थानीय तहबाट स्थानीय स्तरमै...
रास्वपाको ‘उद्‍गम’ चितवनमा पार्टीको राष्ट्रिय महाधिवेशनले जिल्लावासी उत्साहित

रास्वपाको ‘उद्‍गम’ चितवनमा पार्टीको राष्ट्रिय महाधिवेशनले जिल्लावासी उत्साहित

सो पार्टीका सभापति रवि लामिछाने तीनपटक चितवन जिल्लाबाट भारी मतका साथ निर्वाचित हुँदै आएका छन्। पार्टीका संस्थापक सभापति लामिछानेको चितवन गृहजिल्ला भने होइन । तर निर्वाचनका हिसाबले सभापति...
यस कारण महत्त्वपूर्ण छ रास्वपाको चितवन महाधिवेशन

यस कारण महत्त्वपूर्ण छ रास्वपाको चितवन महाधिवेशन

रवि र रास्वपाको जीवनमा चितवनको बेग्लै महत्व छ, बेग्लै सम्बन्ध छ । रवि संकटमा पर्दा चितवनले उनलाई साथ दिइरहेको छ । चितवनका जनता रविप्रति यति ‘क्रेजी’ छन् कि...