नेभिगेशन
विदेशका कुरा

रूसीले आफ्नो विजय परेडमा ट्याङ्क र मिसाइल जस्ता सैन्य उपकरण प्रदर्शन नगर्ने

८० वर्षपछि रूसको विजय दिवसको परेडमा ट्याङ्क र मिसाइल नदेखिने अधिकारीलाई उद्धृत गरी रूसी सञ्चारमाध्यमले जनाएका छन् ।

सन् २०२२ मा युक्रेन युद्ध सुरु भएयता पहिलो पटक रुसले मे ९ मा सैन्य उपकरणबिना विजय दिवस परेड आयोजना गर्नेछ। रक्षा मन्त्रालयले कुनै उपकरणविना विजय जुलुस मनाउनुलाई परिचालनका लागि हालको अवस्थालाई कारणका रूपमा जनाएपनि यसबारे विस्तृत विवरण दिएको छैन । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रुसले मे ९ मा दोस्रो विश्वयुद्धमा नाजी जर्मनीमाथि विजय हासिल गरेको ८१ औँ वार्षिकोत्सव मनाउँदैछ । रुसी रक्षा मन्त्रालयले राजधानी मस्कोको रेड स्क्वायरमा हुने विजय दिवस सैन्य प्रदर्शनमा यसपटक सैन्य उपकरणको प्रदर्शन नहुने घोषणा गरेको छ ।

Ncell
Extreme Energy

सन् २०२२ मा युक्रेनमा पूर्ण मात्रामा आक्रमण सुरु भएदेखि यस बर्ष रूसी ट्याङ्क, र मिसाइल प्रणाली र अन्य भारी सैन्य सवारी साधनहरू परेडमा समावेश हुने छैनन्। सामान्यतया यो परेडलाई रुसको सैन्य शक्तिको ठूलो प्रदर्शनका रुपमा लिइन्छ ।

रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “अहिलेको परिचालन अवस्थालाई मध्यनजर गर्दै यस्तो निर्णय लिइएको छ । यसको पछाडिको कारण भने विस्तृत रुपमा बताइएको छैन ।” परेडमा विभिन्न सैन्य शैक्षिक संस्थाका क्याडेटहरू र सेनाका केही शाखाका कर्मचारीहरू सहभागी हुनेछन् भने परम्परागत हवाई फ्लाइओभर जारी रहनेछ ।

विजय दिवस रूसको सबैभन्दा महत्त्वपूर्ण राष्ट्रिय उत्सव मानिन्छ। रुसले दोस्रो विश्वयुद्धमा नाजी जर्मनीमाथि विजय हासिल गरेको कुरालाई महान् देशभक्तिपूर्ण युद्धका रूपमा सम्झने गरेको छ । सोभियत सङ्घमा लाखौँ मानिसको ज्यान लिएको युद्धले देशको सामूहिक स्मृतिमा गहिरो प्रभाव पारेको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो लामो शासनकालमा विजय दिवसलाई राष्ट्रिय गौरव र शक्ति प्रदर्शनको प्रमुख प्रतीक बनाउनुभएको छ। उनीहरूले युक्रेन युद्धको औचित्य पुष्टि गर्न यस ऐतिहासिक विजयको सन्दर्भलाई पनि प्रयोग गरिरहेका छन्।

गत वर्षको परेड भव्य थियो, जसमा ११ हजार ५०० भन्दा बढी सैनिक र १८० भन्दा बढी सैन्य गाडीहरू सहभागी थिए। यसले युक्रेन युद्धमा प्रयोग गरिएको अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल यार्स, ट्याङ्क र हतियारहरू पनि प्रदर्शन गरेको थियो ।

त्यसबेला चिनियाँ राष्ट्रपति सी जिनपिङ र ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भा जस्ता विश्वका धेरै नेताहरु पनि उपस्थित थिए । 
 यद्यपि, सन् २०२३ मा पहिले नै परेडलाई स्थगित गरिएको थियो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप विदेशका कुरा
बाढी प्रभावितका लागि काठमाडौं विश्वविद्यालयद्वारा ८५ लाख रुपैयाँ सहयोग

बाढी प्रभावितका लागि काठमाडौं विश्वविद्यालयद्वारा ८५ लाख रुपैयाँ सहयोग

विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णयअनुसार उक्त रकम काठमाडौं विश्वविद्यालयको तर्फबाट Academia–Industry Cooperation विभागका प्रमुख लक्ष्मण लामाले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सशमित पोखरेललाई हस्तान्तरण गरेका हुन् ।
भुमिहीनका रुपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा भेटिएपछि कारवाही गर्न निर्देशन

भुमिहीनका रुपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा भेटिएपछि कारवाही गर्न निर्देशन

पहिले जग्गा छैन भनी स्वघोषणा गरिएका उनीहरुको जग्गा रहेको भेटिएपछि भूमि समस्या समाधान समितिले उनीहरूमाथि कारबाही गर्न जिल्ला समितिलाई निर्देशन दिएको छ । भूमि अभिलेखबाट प्राप्त विवरणमा इलाम,...
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

बिहीवार साँझ ५ बजे उनले आफ्ना भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्नेछन् । यस्तै, शुक्रवार अर्थमन्त्री डा. वाग्लेले भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गर्ने कार्यतालिका छ। सोही...
प्रतिनिधिसभा नियमावलीका दुई प्रावधान कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

प्रतिनिधिसभा नियमावलीका दुई प्रावधान कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले प्रतिनिधिसभा नियमावली, २०८३ का दुईवटा प्रावधान तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।