नेभिगेशन
समाज

६८ करोड अवैध सम्पत्ति आर्जन गरेको आरोपमा विकल पौडेल दम्पतीविरुद्ध मुद्दा दायर

काठमाडौ । राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ ) प्रकरणमा विकल पौडेल दम्पतीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

विभागका अनुसार साविक कटुवाचौपारी–४ पर्वत स्थायी ठेगाना भई हाल काठमाडौं महानगरपालिका–९ बूढानीलकण्ठ बस्दै आएका ४३ वर्षीय पौडेल र उनकी श्रीमती एलिना बस्नेतले अवैध रूपमा विदेशी विनिमय कारोबार गरेको पाइएपछि उनीहरूमाथि कारबाही अघि बढाइएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अनुसन्धानका क्रममा विदेशी विनिमय अपचलनतर्फ उनीहरूबाट ६२ करोड ६५ लाख ९१ हजार ८९३ रूपैयाँ बराबरको बिगो कायम गरी यसअघि नै विदेशी विनिमय ९नियमित गर्ने० ऐन, २०१९ अनुसार २०८१ असोज १४ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो ।

Ncell
Extreme Energy

त्यसपछि गरिएको थप अनुसन्धानमा उनीहरूले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अनुसार गैरकानूनी रूपमा आर्जित सम्पत्ति लुकाउने तथा प्रयोग गर्ने कार्य गरेको पुष्टि भएको विभागले जनाएको छ । 

यसअनुसार विकल पौडेललाई ६१ करोड १३ लाख २१ हजार १५३ रूपैयाँ २० पैसा र एलिना बस्नेतलाई ७ करोड ८१ लाख ४४ हजार ५१ रूपैयाँ ५० पैसा गरी कूल ६८ करोड ९४ लाख ६५ हजार २०४ रूपैयाँ ७० पैसा बराबरको बिगो कायम गरिएको छ ।

विभागले उक्त बिगो बराबरको रकममा दोब्बर जरिवाना, कसुरअनुसार कैद सजाय तथा अवैध रूपमा आर्जित सम्पत्ति जफतको माग गर्दै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमार्फत बुधबार काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रोशी खोलाले गर्‍यो सतर्कता तह पार

रोशी खोलाले गर्‍यो सतर्कता तह पार

काभ्रेपलाञ्चोकको रोशी खोलामा जलसतहले सतर्कता तह पार गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ।
भारी वर्षाको सम्भावना सर्‍यो बागमतीदेखि सुदूरपश्चिमतर्फ

भारी वर्षाको सम्भावना सर्‍यो बागमतीदेखि सुदूरपश्चिमतर्फ

नेपालको मौसममा अहिले तीनवटा पानी पार्ने प्रणालीको असर देखिएको छ।
अष्ट्रेलियाका प्रधानमन्त्रीले भेटे बालेन, नेपालसँग मिलेर काम गर्ने प्रतिबद्धता

अष्ट्रेलियाका प्रधानमन्त्रीले भेटे बालेन, नेपालसँग मिलेर काम गर्ने प्रतिबद्धता

प्रधानमन्त्री वालेन्द्र शाहसँग अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले भेट गरेका छन् ।