नेभिगेशन
समाज
अध्यादेश

सरकारले ल्याएका ६ अध्यादेश केके हुन् ?

काठमाडाैँ ।  सरकारले राष्ट्रपतिसमक्ष एकैचोटी धेरै अध्यादेश सिफारिस गरेको छ।

सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी बनाउने, दलीय राजनीतीकरण अन्त्य गर्ने, सार्वजनिक निर्माणलाई तीव्रता दिने, सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तथा भूमि, मालपोत र नापी लगायतका सेवा प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न अध्यादेशहरू मन्त्रिपरिषद् बाट २०८३ वैशाख १४ गते राष्ट्रपति समक्ष सिफारिस गरेको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


प्रधानमन्त्री तथा मन्त्रीपरिषद्काे कार्यालयका अनुसार संवैधानिक निकायका पदाधिकारीको नियुक्तिको सिफारिसका लागि बस्ने बैठक सम्बन्धी कार्यविधिलाई व्यवस्थित गर्ने उद्देश्यका साथ संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न अध्यादेश जारी गर्न सिफारिस गरिएको छ।

Ncell
Extreme Energy

सहकारी ऐन, २०७४ लाई संशोधन गर्न बनेको अध्यादेश पनि जारी गर्न सिफारिस गरिएको छ। बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूलाई नियमन गर्ने, यस प्रकृतिका संस्थाहरूले कार्य सञ्चालन इजाजतपत्र लिनुपर्ने र समस्याग्रस्त सहकारी संस्थाका सदस्यहरूलाई तत्काल बचत रकम फिर्ताका लागि ‘चक्रय राहत कोष’ स्थापना गर्ने लगायतका व्यवस्थाहरू यस अध्यादेशमा रहेका छन्।

यस्तै, विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश समेत जारी गर्न सिफारिस गरिएको छ। विगतमा राजनीतिक रूपमा नियुक्ति तथा मनोनयन भएका सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेशसँग अनुकूल बनाउन यी अध्यादेशहरू सिफारिस गरिएको हो।

यसैगरी, केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न सिफारिस गरिएको छ, जसअन्तर्गत २० वटा ऐन संशोधन हुनेछन्। भूमि, जग्गा नापजाँच, मालपोत, शिक्षा, वन, स्वास्थ्य, निजामती र बिमा लगायतका कानुनमा देखिएका अवरोध हटाउन यो अध्यादेश सिफारिस गरिएको हो।

साथै, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश पनि जारी गर्न सिफारिस गरिएको छ। यो अध्यादेश सार्वजनिक निकायमा राजनीतिक रूपमा नियुक्ति भई बहाल रहेका पदाधिकारीहरूलाई पदमुक्त गर्ने उद्देश्यले ल्याइएको हो।

यस्तै, सार्वजनिक खरिदलाई समयसापेक्ष बनाउने उद्देश्यसहित सार्वजनिक खरिद ऐन, २०६३ मा संशोधन गर्ने अध्यादेश पनि जारी गर्न सिफारिस गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
देशभर ९ राजमार्ग अवरुद्ध

देशभर ९ राजमार्ग अवरुद्ध

लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा ९ वटा राजमार्ग अवरुद्ध भएका छन्।
नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। यससँगै नेपालको कूटनीतिक सम्बन्ध  १८७  मुलुकमा विस्तार भएको छ ।
भारी वर्षापछि बाढी र पहिरोको जोखिम: २१ जिल्लाका सडक अवरुद्ध, यातायात सेवा प्रभावित

भारी वर्षापछि बाढी र पहिरोको जोखिम: २१ जिल्लाका सडक अवरुद्ध, यातायात सेवा प्रभावित

नेपालमा जारी वर्षा, सम्भावित बाढी तथा पहिरोका कारण देशका विभिन्न प्रदेशमा सडक यातायात नराम्ररी प्रभावित भएको छ ।
नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द नै रहने

नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द नै रहने

निरन्तर वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द नै रहने भएको छ।