नेभिगेशन
समाज

अध्यादेश स्वार्थ समूहका लागि होइन, नागरिक हितका लागि हो: प्रधानमन्त्रीका सल्लाहकार साह

काठमाडाैँ। प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असीम साहले सरकारले ल्याएका अध्यादेश कुनै व्यक्ति र स्वार्थ समूहका लागि नभई नागरिकको हितको लागि भएको दाबी गरेका छन् ।

सरकारले अध्यादेश ल्याएपछि आलोचना भइरहेका बेला सामाजिक सञ्जाल फेसबुकमा प्रष्ट्याउने प्रयास गर्दै सल्लाहकार साहले राज्य संयन्त्रको प्रभावकारिताका लागि अध्यादेश ल्याइएको बताएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Ncell
Extreme Energy

उनले अघि लेखेका छन्, ‘कानुनी जटिलताका कारण जनसरोकारका काम रोकिनु हुँदैन भन्ने लोकतान्त्रिक मान्यतालाई आत्मसात गर्दै यसले देशको समृद्धिको यात्रालाई थप गति दिने बलियो आधार खडा गरेको छ ।’

उनले अहिले सरकारले सार्वजनिक सेवा प्रवाह र प्रशासनिक प्रणालीमा रहेका नीतिगत जटिलताहरू हटाउन महत्वपूर्ण कदम चालेको बताउँदै सोही अनुसार वैशाख १४ गतेको मन्त्रिपरिषद् बैठकको अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई पठाएको बताएका छन् ।


उनले सरकारले शासकीय सुधारका लागि राजनीतिक नियुक्ति पाएका पदाधिकारीहरूलाई मार्गप्रशस्त गर्न आह्वान गरेको तर यसको बावजुद कार्यसम्पादन र समन्वयमा व्यवहारिक कठिनाइ देखिएपछि अध्यादेश ल्याएको दाबी गरेका छन् ।

सरकारले ल्याएका ६ अध्यादेशहरुमा निजामती कर्मचारीको ट्रेडयुनियन र राजनीतिक नियुक्त खारेज, विश्वविद्यालयका सबै पदाधिकारी हटाउनसक्नेलगायत संवैधानिक परिषद्सँग सम्बन्धित विषय रहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
देशभर ९ राजमार्ग अवरुद्ध

देशभर ९ राजमार्ग अवरुद्ध

लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा ९ वटा राजमार्ग अवरुद्ध भएका छन्।
नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। यससँगै नेपालको कूटनीतिक सम्बन्ध  १८७  मुलुकमा विस्तार भएको छ ।
भारी वर्षापछि बाढी र पहिरोको जोखिम: २१ जिल्लाका सडक अवरुद्ध, यातायात सेवा प्रभावित

भारी वर्षापछि बाढी र पहिरोको जोखिम: २१ जिल्लाका सडक अवरुद्ध, यातायात सेवा प्रभावित

नेपालमा जारी वर्षा, सम्भावित बाढी तथा पहिरोका कारण देशका विभिन्न प्रदेशमा सडक यातायात नराम्ररी प्रभावित भएको छ ।
नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द नै रहने

नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द नै रहने

निरन्तर वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द नै रहने भएको छ।