नेभिगेशन
समाज

किन काठमाडौँ आउँदै छन् ट्रम्पका विशेष दूत ?

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत नेपाल आउने भएका छन् । ट्रम्पका दक्षिण तथा मध्य एशिया मामिला हेर्ने सर्जियो गोर आज साँझ काठमाडौँ आइपुग्ने भएका हुन् । 

उनले परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग छलफल गर्ने तय भएको छ । त्यस्तै उनले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग भेट गर्ने बताइएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नयाँ सरकार बनेपछि अमेरिकाबाट नेपालमा हुन लागेको यो दोस्रो भ्रमण हो । यसअघि अमेरिकी सहायक विदेशमन्त्री समिर पल कपुरको टोली नेपाल आएको थियो । कपुरले अर्थमन्त्री डा. वाग्ले, परराष्ट्रमन्त्री खनाल र रास्वपा सभापति रवि लामिछानेसँग भेटेका थिए । 

Ncell
Extreme Energy

गोर भारतका लागि अमेरिकी राजदूत पनि हुन् । गोर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प निकट कुटनीतिज्ञका रुपमा चिनिन्छन् । त्यसैले उनको नेपाल भ्रमणलाई कूटनीतिक रुपमा विशेष नजरले हेरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
देशभर ९ राजमार्ग अवरुद्ध

देशभर ९ राजमार्ग अवरुद्ध

लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा ९ वटा राजमार्ग अवरुद्ध भएका छन्।
नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। यससँगै नेपालको कूटनीतिक सम्बन्ध  १८७  मुलुकमा विस्तार भएको छ ।
भारी वर्षापछि बाढी र पहिरोको जोखिम: २१ जिल्लाका सडक अवरुद्ध, यातायात सेवा प्रभावित

भारी वर्षापछि बाढी र पहिरोको जोखिम: २१ जिल्लाका सडक अवरुद्ध, यातायात सेवा प्रभावित

नेपालमा जारी वर्षा, सम्भावित बाढी तथा पहिरोका कारण देशका विभिन्न प्रदेशमा सडक यातायात नराम्ररी प्रभावित भएको छ ।
नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द नै रहने

नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द नै रहने

निरन्तर वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द नै रहने भएको छ।