नेभिगेशन
समाज

वर्षापछि काठमाडौँ उपत्यकाको वायुको गुणस्तरमा सुधार

काठमाडौँ । गत साता तीव्र रूपमा वृद्धि भएको काठमाडौँ उपत्यकाको वायुको गुणस्तरमा सुधार आएको छ । सुक्खा मौसम र वन डढेलोका कारण बढेको प्रदूषण वर्षासँगै  क्रमशः घट्न थालेको हो ।

एयर क्वालिटी इन्डेक्स (एक्युआई) का अनुसार गत साता वायु गुणस्तर सूचकाङ्क बढेर २४७ पुगेको थियो । उक्त स्तर ‘धेरै अस्वस्थ’ श्रेणीमा पर्ने भएकाले सर्वसाधारणको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका थिए । बिहीबार भने प्रदूषण घटेर एक्युआइ ७९ पुगेको छ । जुन ‘अस्वस्थ’ श्रेणीमा पर्दछ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गत साता काठमाडौँ विश्वको पहिलो प्रदूषित सहरका रुपमा सूचीकृत भएकामा आज भने २६औँ स्थानमा सूचीकृत भएको एक्युआइको तथ्याङ्कमा उल्लेख छ । एक्युआइको मापदण्डअनुसार ०–५० सम्म ‘राम्रो’, ५१–१०० ‘मध्यम’, १०१–१५० ‘अस्वस्थ’, १५१–२०० ‘सबैका लागि अस्वस्थ’, २०१–३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दामाथि ‘अत्यन्त खतरनाक’ मानिन्छ । वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले पछिल्लो समय पर्याप्त वर्षासहित हुरी चलेकाले वायुप्रदूषण नियन्त्रण भएको बताए।

Ncell
Extreme Energy

“लामो समयसम्म वर्षा नहुँदा धुलो र धुवाँ वायुमण्डलमा थुप्रिने, वन डढेलो बढ्ने र त्यसबाट निस्किएको धुवाँ उपत्यकामा जम्ने अवस्थाले प्रदूषण उच्च हुन्छ”, उनले भने, “साथै छिमेकी मुलुक भारतबाट आउने प्रदूषित हावाले पनि काठमाडौँको वायु गुणस्तरमा असर पार्ने गरेको छ ।” प्रदूषण नियन्त्रणका लागि सम्बन्धित निकायले दिगो तथा वातावरणमैत्री विकासका उपाय प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जनताले दिए दुईतिहाइ, सांसदले दिए खाली कुर्सी

जनताले दिए दुईतिहाइ, सांसदले दिए खाली कुर्सी

देशको यत्रा समस्या सदनमा छलफल होला, सांसदले कुरा उठाउलान्, नागरिक र सरकारबीच पुल बन्लान् ? जनताको गथासो सिधै सरकारकहाँ पुर्‍याउलान्, समाधान गर्न अग्रसरता लेलान् भन्ठान्यो, निराशामात्रै हात लाग्छ...
बचत फिर्तालाई प्राथमिकता दिँदै प्राधिकरण, १० सहकारीका थप १९७ पीडितले फिर्ता पाए रकम

बचत फिर्तालाई प्राथमिकता दिँदै प्राधिकरण, १० सहकारीका थप १९७ पीडितले फिर्ता पाए रकम

प्राधिकरणको विवरणअनुसार ब्रिटिस गोर्खा बचत तथा ऋण सहकारी संस्थाका मात्रै १७४ जना बचतकर्ताले रकम फिर्ता पाएका हुन् । बाँकी ९ वटा सहकारी संस्थाका २३ जना बचतकर्तालाई विभिन्न परिमाणमा...
सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको छः  परराष्ट्रमन्त्री खनाल

सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको छः  परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले जेनजी आन्दोलनपछि बनेको सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको बताएका छन् ।
विदेशमा रहेका नेपालीलाई मताधिकार कसरी ? आयोगले बनायो दुई कार्यदल

विदेशमा रहेका नेपालीलाई मताधिकार कसरी ? आयोगले बनायो दुई कार्यदल

निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्ने विषयमा अध्ययन गर्न निर्वाचन आयुक्त गुरुप्रसाद वाग्लेको संयोजकत्वमा कार्यदल बनाएको छ ।