नेभिगेशन
समाज

एमआरपी स्टिकर नटाँसिएका सामग्रीको भन्सार जाँचपास बन्द

रसुवा । चीनबाट आयात गरिएका व्यवसायिक सामग्रीको भन्सार जाँचपास प्रक्रिया रसुवा भन्सार कार्यालय टिमुरेले अस्थायी रूपमा बन्द गरेको छ । आयात गरिएका खाद्य तथा गैरखाद्य वस्तुमा अनिवार्य रूपमा उपभोक्ताका लागि अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गरिएको स्टिकर नटाँसिएका पाइएपछि भन्सार कार्यालयले यस्तो निर्णय लिएको हो । 

नेपालको प्रचलित कानुनी व्यवस्थाअनुसार कुनै पनि देशमा उत्पादन भएका उपभोग्य वस्तु नेपाल भित्र्याउँदा उपभोक्ता संरक्षणका लागि प्रत्येक प्याकेटमा एमआरपी स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने व्यवस्था रहेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आयातकर्ता व्यापारीहरूले उक्त नियम पालना नगरी सामग्री ल्याएपछि भन्सार जाँचपास रोकिएको उक्त कार्यालयले जनाएको छ ।
      
रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईका अनुसार उत्पादक कम्पनी वा आयातकर्ता व्यवसायीले उपभोक्ता मूल्य उल्लेख नगरी सामान आयात गर्नु नियमविपरीत भएकाले त्यस्ता सामग्रीको भन्सार मूल्याङ्कन तथा जाँचपास रोकिएको हो । हाल उद्योग तथा जलविद्युत् आयोजनासँग सम्बन्धित सामग्रीको भने मूल्याङ्कन गरी चलानी गरेर छाड्ने गरिएको जानकारी दिए ।

Ncell
Extreme Energy

उपभोक्ता हित संरक्षणका लागि सरकारले जारी गरेका ऐन तथा नियम पालना गर्नु सबै सरोकार भएका निकायको साझा जिम्मेवारी भएको उल्लेख गर्दै भट्टराईले चीनबाट सामान आयात गर्दा प्रत्येक प्याकेटमा अनिवार्य रूपमा एमआरपी उल्लेख गरेर मात्रै ल्याउन सबै आयातकर्ता व्यवसायीलाई आग्रह गरे ।

एमआरपी स्टिकरबिना आयात गरिएका सयौँ ट्रक मालसामान हाल भन्सार हाताभित्र पार्किङ अवस्थामा रहेको रसुवा भन्सार कार्यालयले जानकारी दिएको छ । नियम कार्यान्वयन कडाइका साथ अघि बढाइएपछि आयात प्रक्रिया केही समय प्रभावित हुने देखिए पनि यसले उपभोक्ता अधिकार संरक्षणमा सकारात्मक प्रभाव पर्ने स्थानीयले अपेक्षा  गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
‘ब्रोड पिक’मा ज्यान गुमाउने पर्वतारोही सम्झदै प्रधानमन्त्रीले भने, ‘साहस, समर्पण र योगदानको इतिहास सधैँ जीवित रहिरहनेछ’

‘ब्रोड पिक’मा ज्यान गुमाउने पर्वतारोही सम्झदै प्रधानमन्त्रीले भने, ‘साहस, समर्पण र योगदानको इतिहास सधैँ जीवित रहिरहनेछ’

निर्मल पुर्जा (निम्स दाइ) लगायत सम्पूर्ण दिवङ्गत आरोहीहरूको भौतिक यात्रा मात्रै रोकिएको हो, तर उहाँहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणायुक्त र जीवित रहिरहनेछ । सम्पूर्ण दिवङ्गत...
२४ गते नेपाल आउँदै शेरबहादुर देउवा

२४ गते नेपाल आउँदै शेरबहादुर देउवा

नेपाली कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवा २४ गते नेपाल आउने भएका छन् । उपचारको हङकङमा रहेका देउवा २४ गते नेपाल फर्कने तय भएको उनी निकट स्रोतले जानकारी दियो...
ब्रड पिकमा बेपत्ता भएका विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको मृत्यु

ब्रड पिकमा बेपत्ता भएका विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको मृत्यु

निर्मल पुर्जा संस्थापक रहेको संस्था इलाइ एक्सपेड उनको मृत्यु भएको जानकारी गराएको छ । उक्त पेजले भनेको छ, ‘आज हामी अत्यन्त दुःख र गहिरो पीडाका साथ पुष्टि गर्न...
डडेल्धुराको अजयमेरुमा ७ परिवारलाई लालपुर्जा वितरण

डडेल्धुराको अजयमेरुमा ७ परिवारलाई लालपुर्जा वितरण

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेपछि उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन् ।