नेभिगेशन
समाज

विद्यार्थी सङ्गठन तथा कर्मचारी ट्रेड युनियन खारेज नगर्न कांग्रेस, एमाले र नेकपाको ध्यानाकर्षण

काठमाडौँ । सङ्घीय संसद्मा रहेका तीन विपक्षी दलको आजको बैठकले जनजीविका र समसामयिक सवालमा नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

राष्ट्रियसभामा नेकपा (एमाले)का दलका नेता प्रेमप्रसाद दङ्गाल, नेपाली कांग्रेसका संसदीय दलका मुख्य सचेतक बासना थापा र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दलका प्रमुख सचेतक युवराज दुलालसहितको बैठकले सुकुम्वासी समस्याको दीर्घकालीन समाधानलगायत विषयमा चासो व्यक्त गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठकपछि ती नेताहरूद्वारा जारी वक्तत्वमा बढ्दो महँगी नियन्त्रण र सार्वजनिक सुपथ मूल्य सञ्चालनमा ल्याउन, किसानलाई रसायनिक मलको समयमा प्रबन्ध गर्न, कुखुरालगायत पक्षीहरुमा देखिएको बर्डफ्लु प्रभावित किसानलाई राहत दिन आग्रह गरिएको छ ।

Ncell
Extreme Energy

यसैगरी, पेट्रोलियम पदार्थको सहज आपूर्ति र सहुलियत प्याकेज दिन, विद्यार्थी सङ्गठन तथा कर्मचारी ट्रेड युनियन खारेज नगर्न र सरकारको आगामी नीति कार्यक्रम र बजेटको तयारीको छलफलमा विपक्षी दललाई सहभागी गराउन माग गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गोकर्णेश्वर नगरपालिका १, शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने धाप बाँध (ड्याम) सुरक्षित रहेको जनाएको छ ।
प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश फर्किएका छन् ।
मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई खाना र शौचालयको सास्ती (तस्बिर)

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई खाना र शौचालयको सास्ती (तस्बिर)

काठमाडौँ जोड्ने पृथ्वी राजमार्ग अवरुद्ध भएपछि चितवनको नारायणगढ बाइपास, आँपटारी, रामनगर, जुगेडी, मुग्लिन, फिसलिङ र कुरिनटारलगायत क्षेत्रमा मालवाहक गाडीहरूको लामो लाइन लागेको छ । सडक किनारमा गाडी रोकेर...
मुख्य नाकामा सडक भासिएपछि स्थलमार्गबाट सोलुखुम्बुमा आवागमन बन्द

मुख्य नाकामा सडक भासिएपछि स्थलमार्गबाट सोलुखुम्बुमा आवागमन बन्द

सडक भासिएसँगै सोलुखुम्बुबाट काठमाडौँ तथा कोशी प्रदेशको राजधानी विराटनगरतर्फ जाने र ती क्षेत्रबाट सोलुखुम्बु भित्रिने यातायात सेवा प्रभावित भएका प्रमुख जिल्ला अधिकारी कमानसिंह थापामगरले जानकारी दिए । उनका...

भर्खरै