नेभिगेशन
समाज

भोलि कुन कुन सुकुम्बासी बस्तीमा चल्छ डोजर ?

काठमाडौँ । सरकारले भोलि बिहानै अतिक्रमित सरकारी जग्गामा डोजर चलाउने सूचना गरेपछि अहिले विभिन्न सुकुम्बासी बस्तीमा बसोबास गर्ने सर्वसाधारणले धमाधम आफ्ना सामान सारिरहेका छन् ।

गत शनिबार अतिक्रमित सरकारी जग्गा खाली गर्ने अभियान थालेको सरकारले भोलिदेखि पुनः काठमाडौंका नदी किनाराका अतिक्रमित जग्गा खाली गराउँदै छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला प्रशासन कार्यालय काठमाडौँले हिजो नै सूचना जारी नदी किनाराका सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउन तथा त्यहाँबाट आ आफ्ना सामान सार्न सूचना जारी गरेको थियो ।

Ncell
Extreme Energy

सरकारको सोही सूचना अनुसार आज बिहानैदेखि टेकुको बंशीघाट शंखमुल, बुद्धनगर, बल्खु, कुलेश्वर क्षेत्र, कपन, बसुन्धारा क्षेत्रमा बस्दै आएका सुकुम्बासी बस्तीबाट सामान सार्न थालिएको हो । त्यस्तै, गोंगबु, बालाजु, माछापोखरी लगायतका स्थानमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचनाबाट पनि स्थानीयले सामान सारिरहेका छन् । यी क्षेत्रमा काठमाडौं महानगरको प्रहरीले आ आफ्ना सामान सार्न माइकिङ गरिरहेको छ ।

सरकारले गत साता थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रका सुकुम्बासी बस्ती खाली गराएको थियो । भोलिदेखि पुनः अभियान सुरु गरिने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।    
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
४६ लाख अवैध मुद्रासहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

४६ लाख अवैध मुद्रासहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

क्याथे प्यासिफिक एयरवेजमार्फत हङकङ जान लागेका ७२ वर्षीय चिनियाँ नागरिक सुओलाङलाई प्रहरीले पक्राउ गरेको हो । विमानस्थलमा नियमित सुरक्षा जाँच गर्ने क्रममा उनको साथ तथा लगेजबाट नेपाली रूपैयाँसहित...
कांग्रेसको नेतृत्व छान्न भोलि बिहान १० बजेदेखि मतदान

कांग्रेसको नेतृत्व छान्न भोलि बिहान १० बजेदेखि मतदान

निर्वाचन समितिले राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा मतदान केन्द्र तोकेको छ।
‘चाडपर्व लक्षित सुरक्षा योजना– २०८३’ लागूः ५० हजार प्रहरी परिचालित, हिंसामा शून्य सहनशीलता

‘चाडपर्व लक्षित सुरक्षा योजना– २०८३’ लागूः ५० हजार प्रहरी परिचालित, हिंसामा शून्य सहनशीलता

विष्फोटक पदार्थको ओसारपसार, भन्सार छली, बैंक वित्तीय संस्थामा चोरी डकैती, लुटपाट, खाद्यान्न, लत्ताकपडा र उपभोग्य वस्तुको कृत्रिम अभाव, कालोबजारी, म्याद गुज्रिएका वा मिसावटयुक्त सामग्रीको बिक्री, हुण्डी र नक्कली...
भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक सेवामा २५ वर्ष पूरा, रास्वपा सभापति लामिछानेले दिए बधाई

भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक सेवामा २५ वर्ष पूरा, रास्वपा सभापति लामिछानेले दिए बधाई

सभापति लामिछानेले सामाजिक सञ्जाल एक्समार्फत मोदीलाई शुभकामना दिँदै उनको नेतृत्वमा भारतले हासिल गरेको रूपान्तरण र तीव्र प्रगतिबाट आफू प्रेरित भएको उल्लेख गरेका हुन् ।

भर्खरै