नेभिगेशन
समाज

भन्सारमा स्थानीय नागरिकमाथि सुरक्षाकर्मीबाट हुने व्यवहारले आत्मसम्मानमा चोट पुग्योः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले नेपाल–भारत सीमा क्षेत्रमा भन्सारमा कडाई गर्दा सीमा वरिपरि बस्ने नेपाली नागरिकले भोग्नुपरेको समस्याका बारेमा सदनबाट सरकारको ध्यानाकर्षण गराइने बताएका छन् । 

शुक्रबार पार्टी कार्यालय सानेपामा पार्टीको ग्रिन टेबलको पहिलो श्रृङ्खलामा बोल्दै सभापति थापाले भन्सारमा कडाई गर्दा सीमा वरिपरि बस्ने नागरिकहरुको दैनिक जीवनयापनमा नै समस्या देखिएको भन्दै यसबारे सदन र बिभिन्न माध्यमबाट सरकारको ध्यानाकर्षण गराइने बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले भन्सारमा कडाई गर्दा स्थानीय नागरिकमाथि सुरक्षाकर्मीबाट हुने व्यवहारले आत्मसम्मानमाथि चोट पुगेको देखिएको धारणा राखे । भन्सारमा कडाई गर्दा व्यवहारिक पक्षलाई पनि ख्याल गर्नुपर्ने उनको भनाइ छ । सभापति थापाले भन्सारमा राम्रो गर्ने नाममा नागरिकलाई अनावश्यक दुख दिने जस्ता नचाहिने कुराहरूमा हात हाल्ने काम नगर्न सरकारलाई सुझाव समेत दिए । 

Ncell
Extreme Energy

सीमामा हुने गरेको अव्यावहारिक कुराहरूलाई सधैँको लागि बन्द गर्नुपर्ने भएपनि कांग्रेस सरकारमा नै भएका बेला सय रुपैया भन्दा बढिका सामानमा कर लगाउने काममा जोड दिदा आफुहरुकै दवावमा सरकार पछि हट्नु परेको उनले बताए । 

सभापति थापाले अहिले जनताले उठाएका प्रश्न र गुनासालाई सुन्न सरकार तयार हुनुपर्नेमा जोड दिए । सिमानाको छेउमा बस्ने नागरिकहरुलाई अपराधी जस्तो गरि काम गर्नु उचित नहुने उनको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
देशभर ९ राजमार्ग अवरुद्ध

देशभर ९ राजमार्ग अवरुद्ध

लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा ९ वटा राजमार्ग अवरुद्ध भएका छन्।
नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। यससँगै नेपालको कूटनीतिक सम्बन्ध  १८७  मुलुकमा विस्तार भएको छ ।
भारी वर्षापछि बाढी र पहिरोको जोखिम: २१ जिल्लाका सडक अवरुद्ध, यातायात सेवा प्रभावित

भारी वर्षापछि बाढी र पहिरोको जोखिम: २१ जिल्लाका सडक अवरुद्ध, यातायात सेवा प्रभावित

नेपालमा जारी वर्षा, सम्भावित बाढी तथा पहिरोका कारण देशका विभिन्न प्रदेशमा सडक यातायात नराम्ररी प्रभावित भएको छ ।
नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द नै रहने

नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द नै रहने

निरन्तर वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द नै रहने भएको छ।