नेभिगेशन
अपराध

नेपाल मेडिकल काउन्सिलद्वारा थप १९ चिकित्सकको लाइसेन्स खारेज

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता प्रमाणपत्र (लाइसेन्स) खारेज गरेको छ । काउन्सिलले नेपाली नागरिकता परित्याग गरेका १९ जना चिकित्सकको लाइसेन्स दर्ता खारेज गरेको काउन्सिलका रजिष्ट्रार डा सतिशकुमार देवले जानकारी दिए।

यसअघि काउन्सिलले नेपाली नागरिकता त्यागेर विदेशी राहदानी लिएका १७ जनाको लाइसेन्स खारेज गरेको थियो । उनले नेपाली नागरिकता त्यागी विदेश राहदानी लिएका ती चिकित्सकको लाइसेन्स खारेज गरिएको बताए। उनले ती चिकित्सकको दर्ता किताबबाट नाम समेत हटाइएको बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

“नेपाल मेडिकल काउन्सिल ऐन २०२०, नियमावली २०२४, नेपाल नागरिकता ऐन २०६३ अनुसार  नेपाली नागरिकता परित्याग गरी विदेशी राहदानी लिएका ती १९ जना चिकित्सकको काउन्सिलको दर्ता कितावबाट नाम दर्ता खारेज गर्ने निर्णय गरिएको छ,” उनले भने ।

Marvel
Extreme Energy

ती चिकित्सक नेपाली नागरिकता त्यागेर ब्रिटिस, क्यानेडियन, अमेरिकन, न्युजिल्यान्ड, जर्मन, अष्ट्रेलियन र भारतीय नागरिकता  लिएकाले दर्ता खारेज गरिएको हो । उनका अनुसार डा सुमिन्द्रा पुन, डा शैलेशकुमार जयसवाल, डा भूपेश खड्का, डा आरती रानाभाट, डा रमेशराज पहारी, डा सञ्जोक घले, डा ऋषिराज बराल, डा प्रभु पाण्डे, डा तृप्ती महर्जन र डा सृजना श्रेष्ठ रहेका छन्।

यस्तै, लाइसेन्स खारेज हुनेमा डा सुनिता विष्ट, डा दीपा मल्ल, डा सौरब जिसी, डा.जेनिसा श्रेष्ठ, डा प्रभास रेग्मी, डा दिपीका ज्ञवाली, डा हेमु चौरसिया, डा समीक्षा शर्मा र डा मनोरमा पाण्डे रहेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप अपराध
शिक्षा र महँगीविरुद्ध इटालीमा जारी छ विद्यार्थीको प्रदर्शन

शिक्षा र महँगीविरुद्ध इटालीमा जारी छ विद्यार्थीको प्रदर्शन

शिक्षामा बजेट वृद्धि, आवास सुविधा विस्तार र बढ्दो महँगी नियन्त्रणको माग गर्दै हजारौँ विद्यार्थी शुक्रबार इटालीका विभिन्न सहरमा प्रदर्शनमा उत्रिएका छन्।
जापानका लागि प्रस्तावित राजदूत थापाको सोमबार संसदीय सुनुवाइ हुने

जापानका लागि प्रस्तावित राजदूत थापाको सोमबार संसदीय सुनुवाइ हुने

जापानका लागि प्रस्तावित राजदूत जीज्ञानकुमार थापाको संसदीय सुनुवाइ सोमबार हुने भएको छ।
सर्वोच्चको पूर्ण बैठकमा के भयो छलफल?

सर्वोच्चको पूर्ण बैठकमा के भयो छलफल?

सर्वोच्च अदालतको पूर्ण बैठक (फुल कोर्ट) मा न्यायालयमाथि पछिल्ला दिनमा उठेका विभिन्न प्रश्न र समसामयिक विषयमा छलफल भएको छ ।
मधेसमा नयाँ सरकार गठन गर्न एमाले, जसपा र जनमतबीच छलफल

मधेसमा नयाँ सरकार गठन गर्न एमाले, जसपा र जनमतबीच छलफल

मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा (एमाले), जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टीबीच छलफल अघि बढेको छ ।