नेभिगेशन
समाज

विश्वकप लिग२ः युएईमाथि नेपालको जित

काठमाडौँ । आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा नेपालले आज संयुक्त अरब इमिरेट्स (युएई)माथि जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेल वर्षाले प्रभावित बनेको खेलमा नेपालले युएईलाई डिएल मेथडका आधारमा छ रनले पराजित गरेको हो । डिएल मेथडका आधारमा नेपालले दिएको २५५ रनको बलियो लक्ष्य युएईले ३८ ओभरको समाप्तिमा सात विकेट गुमाउँदै २४८ रनमा समेटियो ।

युएईका लागि मुहम्मद शहदादले सर्वाधिक ६५ रनको योगदान दिए । त्यस्तै खुजैमा तनवीरले ४९ बनाए । त्यसअघि नेपालले दिएको २९० रनको लक्ष्य पछ्याइरहेको युएईले ४.१ ओभरमा एक विकेट गुमाउँदै ३६ रन जोड्दा वर्षा बाधक बनेको थियो । त्यसपछि खेल करिब ४५ मिनेट रोकिन पुग्यो र अन्तत खेललाई ३८ ओभरमा झारिएको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपालको जितमा बलिङतर्फ सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै तीन विकेट लिए । त्यस्तै सोमपाल कामी र नन्दन यादवले समान दुई–दुई विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै २८९ रनको बलियो योगफल खडा गरेको हो ।

Ncell
Extreme Energy

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट ब्याटिङ गर्दै ९४ बलमा १३ चौका र एक छक्काको मद्दतमा १०० रनको शानदार शतक प्रहार गरे । उनी अन्तिम बलमा रनआउट भएका थिए । मध्यक्रममा गुल्शन झाले पनि आक्रामक खेल देखाउँदै ३८ बलमा ४४ रन जोडे । ओपनर विनोद भण्डारीले संयमित इनिङ्स खेल्दै ७९ बलमा ५६ रन बनाए भने कप्तान रोहित पौडेलले ४८ बलमा ३९ रनको योगदान दिए । अर्जुन कुमालले ११ रन बनाउँदा भीम सार्कीले खाता नै खोल्न सकेनन् । आरिफ शेखले ११ रन थपे ।

नेपालले सुरुआती ओभरमा केही दबाब झेले पनि मध्यक्रममा ऐरी र भण्डारीबीचको साझेदारीले इनिङ्स सम्हालेको थियो । युएईका लागि जुनैद सिद्दीकी र अजय कुमारले समान दुई–दुई विकेट लिए भने हैदर अली र खुजैमा तनवीरले एक/एक विकेट हात पारे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
‘मै पनि कांग्रेस हुन्थेँ होला...’

‘मै पनि कांग्रेस हुन्थेँ होला...’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाली कांग्रेसले पार्टीको निष्ठा, मूल्य–मान्यता र त्यागको राजनीतिलाई प्राथमिकता दिएको भए आफू पनि कांग्रेस हुन सक्ने बताएका छन्।
गगनले कांग्रेसमा निरन्तरताको क्रमभंग गरे, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस् : प्रचण्ड

गगनले कांग्रेसमा निरन्तरताको क्रमभंग गरे, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस् : प्रचण्ड

नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको नेतृत्वमा निरन्तरताको क्रमभंग गर्दै नयाँ इतिहासतर्फ अघि बढेको बताएका छन्।
कांग्रेस महाधिवेशन मञ्चका तीन दृश्य

कांग्रेस महाधिवेशन मञ्चका तीन दृश्य

नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको भेटघाट र अनौपचारिक संवादका दृश्य देखिएका छन्।
महाधिवेशन यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि आउने छौँ : विश्वप्रकाश शर्मा

महाधिवेशन यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि आउने छौँ : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशन नयाँ यात्राको सुरुवात भएको बताएका छन्।