नेभिगेशन
समाज

आर्थिक अवस्थालाई बलियो बनाउनेगरी आगामी आर्थिक वर्षको बजेट निर्माण भइरहेको छः अर्थमन्त्री डा. वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले मुलुकको आर्थिक अवस्थालाई मजबुत बनाउने गरि आगामी आर्थिक वर्षको बजेट निर्माण भइरहेको बताएका छन् । 

बाह्रखरीले शनिबार काठमाडौंमा आयोजना गरेको आर्थिक परिसंवाद कार्यक्रममा अर्थमन्त्री वाग्लेले मुलुकको आर्थिक अवस्थालाई मजबुत स्थतिमा पु¥याउने लक्ष्यका साथ सरकार अघि बढिरहेको भन्दै बजेट लेखनमा त्यसको प्रयास भइरहेको बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले आर्थिक क्षेत्रलाई चलायमान बनाउन असान्दर्भिक ऐन खारेजी र लगानीको वातावरण बनाउने नीति रहेको उल्लेख गरे । अर्थमन्त्री वाग्लेले उच्चस्तरीय आर्थिक सुझाव आयोगको प्रतिवेदनलाई पनि मध्यनजर गरिएको बताए । 

Ncell
Extreme Energy

निजी क्षेत्रलाई विश्वासमा लिएर मात्रै आर्थिक विकास सम्भव रहेको भन्दै उनले व्यवसाय गर्ने र रोजगारी सिर्जना गर्ने उद्यमीको सुरक्षामा सरकार प्रतिबद्ध रहेको बताए । 

त्यस्तै अर्थमन्त्री वाग्लेले निजी सम्पत्तिको सुरक्षा, सम्झौताहरूको कार्यान्वयन र करको भारलाई कम गर्ने गरी नीतिगत सुधार गरिने उनले बताए । उनले सुशासनका लागि पनि सरकारले गम्भीरतापूर्वक कार्य गरिरहेको उल्लेख गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्री बालेनले यूएन महासभामा उठाएका ८ वटा महत्त्वपूर्ण विषय (पूर्णपाठ)

प्रधानमन्त्री बालेनले यूएन महासभामा उठाएका ८ वटा महत्त्वपूर्ण विषय (पूर्णपाठ)

प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघ महासभामा ८ वटा महत्त्वपूर्ण विषय उठाएका छन् ।
पहिरोले बिपी राजमार्ग अवरुद्ध

पहिरोले बिपी राजमार्ग अवरुद्ध

अविरल वर्षाका कारण पहिरो जाँदा बिपी राजमार्ग अवरुद्ध भएको छ ।
देशभर ९ राजमार्ग अवरुद्ध

देशभर ९ राजमार्ग अवरुद्ध

लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा ९ वटा राजमार्ग अवरुद्ध भएका छन्।
नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। यससँगै नेपालको कूटनीतिक सम्बन्ध  १८७  मुलुकमा विस्तार भएको छ ।