नेभिगेशन
समाज

विश्व प्रेस स्वतन्त्रता दिवसः पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा

काठमाडौँ । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज नेपाल पत्रकार महासङ्घले ऐक्यबद्धता पदयात्रा (र्याली) आयोजना गरेको छ ।

‘शान्तिपूर्ण भविष्यको निर्माणः मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रताको प्रवर्द्धन’ को नारासहित आयोजित पदयात्रा बिहान माइतीघर मण्डलाबाट सुरु भई नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सभामा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मनोज दुवाडीले प्रेस स्वतन्त्रता अवस्था वार्षिक प्रतिवेदन सार्वजनिक गर्नुभयो । उहाँले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता मानव अधिकारकै अङ्ग भएकाले त्यसको हनन् भएमा आयोग रक्षार्थ उभिने बताए।

Ncell
Extreme Energy

महासङ्घका अध्यक्ष निर्मला शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संवैधानिक हक भएकाले कुण्ठित नहुने धारणा व्यक्त गरे। नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा डा विजयप्रसाद मिश्रले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि कुनै अवरोध वा अड्चन आइलागे आफूहरूले कानुनी उपचारका साथै स्वतन्त्रताका पक्षमा नैतिक समर्थन जनाउने बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्री बालेनले यूएन महासभामा उठाएका ८ वटा महत्त्वपूर्ण विषय (पूर्णपाठ)

प्रधानमन्त्री बालेनले यूएन महासभामा उठाएका ८ वटा महत्त्वपूर्ण विषय (पूर्णपाठ)

प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघ महासभामा ८ वटा महत्त्वपूर्ण विषय उठाएका छन् ।
पहिरोले बिपी राजमार्ग अवरुद्ध

पहिरोले बिपी राजमार्ग अवरुद्ध

अविरल वर्षाका कारण पहिरो जाँदा बिपी राजमार्ग अवरुद्ध भएको छ ।
देशभर ९ राजमार्ग अवरुद्ध

देशभर ९ राजमार्ग अवरुद्ध

लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा ९ वटा राजमार्ग अवरुद्ध भएका छन्।
नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। यससँगै नेपालको कूटनीतिक सम्बन्ध  १८७  मुलुकमा विस्तार भएको छ ।