नेभिगेशन
समाज

सुकुम्बासी सम्बन्धमा रास्वपाकाे सचिवालय बैठकले के निर्णय गर्याे ?

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीको आज बसेको पार्टी सचिवालयको बैठकले विभिन्न निर्णय गरेकाे छ । रास्वपा प्रवक्ता मनिष झाका अनुसार भूमिहीन सुकुम्बासी नागरिकहरूको हकमा बाहेक अन्यहरूमा प्राधिकरणको प्रतिवेदन पूर्व कुनै पनि कारबाही अगाडि नबढाउन सरकारलाई सुझाव दिने भएकाे छ । 

रास्वपा सचिवालयले बैठक पछि जारी विज्ञप्तीमा भनिएकाे छ,'मुलुकभर विद्यमान अव्यवस्थित बसोबासलाई सम्बोधन गर्न सरकारले चाँडै नै यस सम्बन्धी अधिकार सम्पन्न प्राधिकरण गठन गरी वास्तविक भूमिहीनहरूको समस्या समाधान गर्न जोड दिएको हुनाले विभिन्न त्रासको शंकामा नपर्न अनुरोध गर्दै असुरक्षित रूपमा बस्न बाध्यहरुलाई सुरक्षित गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको प्राथमिकता रहेको र राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्रको बुँदा नं. ८२ मा नै यसलाई व्यवस्थित गर्ने कुरा उल्लेख भएकाले असुरक्षित रूपमा बसोबास गर्दै आउनुभएका भूमिहीन सुकुम्बासी नागरिकहरूको हकमा बाहेक अन्यहरूमा प्राधिकरणको प्रतिवेदन पूर्व कुनै पनि कारबाही अगाडि नबढ्ने कुराको जानकारी गराउँदै सरकारलाई सोही अनुरुप गर्न सुझाव दिने। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

साथै स्थानीय सरकारहरूले आफ्नो क्षेत्राधिकारको प्रयोग गरी संरचनाहरू भत्काइरहेको सन्दर्भलाई समेत ध्यानमा राखी स्थानीय सरकारलाई पनि यही मर्म अनुरुप व्यवस्थापन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले अनुरोध गर्ने ।'

Ncell
Extreme Energy

यस्तै रास्वपाले आगामी स्थानीय तह निर्वाचनका लागि पार्टीका उम्मेदवार छनोट गर्ने विधि “स्थानीय निर्वाचन उम्मेदवार छनोट रूपरेखा–२०८३” लाई पारित गर्दै उक्त रूपरेखालाई अक्षरशः र प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहमहामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा “उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समिति” गठन गर्ने निर्णय गरेकाे छ ।

यस्तै पार्टीको संसदीय दलको संशोधित विधान अनुमोदन गर्ने निर्णय गरेकाे छ । 

साथै पार्टीको ऐतिहासिक प्रथम महाधिवेशन सम्पन्न गर्न “महाधिवेशन कार्यविधि–२०८३” पारित गर्ने निर्णय गरेकाे छ ।

यस्तै पार्टीको बागमती प्रदेश समितिको सिफारिस बमोजिम रसुवा जिल्ला समिति विघटन गरी नयाँ प्रक्रियाबाट समिति गठन गर्ने पनि निर्णय गरेकाे छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
महाधिवेशन तयारी तीव्र बनाउँदै राप्रपा, विभिन्न समिति गठन

महाधिवेशन तयारी तीव्र बनाउँदै राप्रपा, विभिन्न समिति गठन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मंसिर २६, २७ र २८ गते हुने पार्टीको महाधिवेशनलाई भव्य, व्यवस्थित र प्रभावकारी बनाउन महाधिवेशन मूल आयोजक समिति मातहत विभिन्न समिति गठन...
राप्रपाले भन्यो– प्रदेश सरकार कांग्रेस, एमाले र नेकपा मिलेर निर्माण गरून्

राप्रपाले भन्यो– प्रदेश सरकार कांग्रेस, एमाले र नेकपा मिलेर निर्माण गरून्

राष्ट्रिय प्रजातन्त्र पार्टीले वर्तमान परिस्थितिमा पार्टी कुनै पनि प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा सामेल नहुने निर्णय गरेको छ ।
सत्ता चलखेलमा नलाग्ने राप्रपाको निर्णय, प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार लिङ्देनलाई

सत्ता चलखेलमा नलाग्ने राप्रपाको निर्णय, प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार लिङ्देनलाई

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वर्तमान अवस्थामा कुनै पनि प्रदेश सरकारको सत्ता–समीकरणको गणितीय चलखेलमा सहभागी नहुने निर्णय गरेको छ ।
लगानी बोर्डको सिइओ बनेकी याङ्की उक्याब को हुन् ?

लगानी बोर्डको सिइओ बनेकी याङ्की उक्याब को हुन् ?

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा याङ्की उक्याब नियक्त भएकी छन् । मन्त्रिपरिषद्को बुधबारको बैठकले उनलाई सिइओ नियुक्त गरेको हो ।

भर्खरै