नेभिगेशन
समाज

राष्ट्रपतिद्वारा अध्यादेश फिर्ता हुनुको कारण बुझ्न बाँकी नै छः सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता हुनुको कारणबारे आफूले बुझ्ने क्रममा रहेको बताएका छन् ।

आइतबार पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सभापति लामिछानेले अहिले आफुले बुझ्नै बाँकी रहेको  प्रतिक्रिया दिएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपति रामचन्द पौडेलले फिर्ता गरिदिएका थिए । पुनर्विचार गर्नू भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राष्ट्रपति पौडेलले फिर्ता गरिदिएका थिए। 

Ncell
Extreme Energy

सो विषयमा रास्वपा सभापति लामिछानेले भने, ‘मैले बुझ्दैछु । बुझ्नुपर्ला । के भन्नुभएको छ । त्यसमा बुझौंला । बुझेपछि मात्रै भनौंला,’ यसबारे सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफका क्रममा उनले भने, ‘केही न केही त कारण राख्नुभएको होला, म बुझेर मात्रै प्रतिक्रिया दिन्छु ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्री बालेनले यूएन महासभामा उठाएका ८ वटा महत्त्वपूर्ण विषय (पूर्णपाठ)

प्रधानमन्त्री बालेनले यूएन महासभामा उठाएका ८ वटा महत्त्वपूर्ण विषय (पूर्णपाठ)

प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघ महासभामा ८ वटा महत्त्वपूर्ण विषय उठाएका छन् ।
पहिरोले बिपी राजमार्ग अवरुद्ध

पहिरोले बिपी राजमार्ग अवरुद्ध

अविरल वर्षाका कारण पहिरो जाँदा बिपी राजमार्ग अवरुद्ध भएको छ ।
देशभर ९ राजमार्ग अवरुद्ध

देशभर ९ राजमार्ग अवरुद्ध

लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा ९ वटा राजमार्ग अवरुद्ध भएका छन्।
नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। यससँगै नेपालको कूटनीतिक सम्बन्ध  १८७  मुलुकमा विस्तार भएको छ ।