नेभिगेशन
समाज

लिपुलेकबाट तिर्थयात्रा चलाएको विरोध गर्दै नेपालले पठायो भारत र चीनलाई कूटनीतिक नोट

काठमाडौँ ।  नेपालको सार्वभौमिकतामाथि अतिक्रमण हुने गरी लिपुलेक क्षेत्रलाई समेटेर भारत र चीनले तीर्थयात्रा सञ्चालन गर्ने सहमति गरेपछि नेपाल सरकारले विरोध जनाउँदै दुबै छिमेकीलाई कूटनीतिक नोट पठाएको छ ।

नेपालको सहमतिबिना नेपाली भूमि प्रयोग नगर्न परराष्ट्र मन्त्रालयले आईतबार चीन र भारत दुबै छिमेकी मुलुकलाई कूटनीतिक नोट पठाएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपा स्रोतका अनुसार कूटनीतिक नोट पठाउनुअघि सरकारले सबै प्रमुख पार्टीसँग छलफल गरेको थियो । 
सबै राजनीतिक दलहरु  कूटनीतिक नोट पठाउने विषयमा एकमत भएका थिए । 

Ncell
Extreme Energy

बालेन प्रधानमन्त्री बनेपछि नेपाल सरकारले पठाएको कूटनीतिक नोट यो नै पहिलो हो । 

हालै भारतीय विदेश मन्त्रालयले आगामी २०२६ जुनदेखि अगस्टसम्मका लागि कैलाश मानसरोवर यात्राको तालिका सार्वजनिक गरेको थियो । जसमा १० वटा समूहलाई उत्तराखण्डको लिपुलेक नाका हुँदै तिब्बत प्रवेश गराउने उल्लेख छ । सन् २०२४ डिसेम्बरमा चिनियाँ विदेशमन्त्री वाङ यी र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालबिच भएको सहमतिपछि लिपुलेकमा सडक खोल्न थालिएको थियो । तीर्थयात्रा सञ्चालन गर्ने नाममा २ देशले नेपालको भूभागलाई द्विपक्षीय सम्झौतामा समावेश गरेका छन् ।

सन् १८१६ को सुगौली सन्धिअनुसार महाकाली नदीको पूर्वतर्फका भूभागहरू नेपालका हुन् । विक्रम संवत् २०७७ सालमा नेपालले संविधान संशोधनमार्फत कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र समेटिएको नयाँ राजनीतिक र प्रशासनिक नक्सा  जारी गरिएको थियो । नेपालले पटक–पटक भारतसँग सीमा विवाद सुल्झाउन र चीनसँग त्रिदेशीय विन्दु तय गर्न कूटनीतिक पहल गर्दै आएको छ ।

कूटनीतिक नोटमार्फत नेपालले लिपुलेक क्षेत्र नेपालको सार्वभौम भूभाग भएकाले नेपालको पूर्वस्वीकृति बिना हुने कुनै पनि गतिविधि मान्य नहुने, सुगौली सन्धि र अन्य ऐतिहासिक दस्तावेजका आधारमा नेपालको दाबी पुष्टि गर्ने, सीमा सम्बन्धी थाँती रहेका विषयहरूलाई स्थापित कूटनीतिक संयन्त्रमार्फत वार्ता गरी स्थायी समाधान खोज्न भनेको छ ।

यसअघि तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र केपी शर्मा ओलीले समेत कूटनीतिक नोट पठाएका थिए ।

kutnitin-note-1777819644.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्री बालेनले यूएन महासभामा उठाएका ८ वटा महत्त्वपूर्ण विषय (पूर्णपाठ)

प्रधानमन्त्री बालेनले यूएन महासभामा उठाएका ८ वटा महत्त्वपूर्ण विषय (पूर्णपाठ)

प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघ महासभामा ८ वटा महत्त्वपूर्ण विषय उठाएका छन् ।
पहिरोले बिपी राजमार्ग अवरुद्ध

पहिरोले बिपी राजमार्ग अवरुद्ध

अविरल वर्षाका कारण पहिरो जाँदा बिपी राजमार्ग अवरुद्ध भएको छ ।
देशभर ९ राजमार्ग अवरुद्ध

देशभर ९ राजमार्ग अवरुद्ध

लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा ९ वटा राजमार्ग अवरुद्ध भएका छन्।
नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। यससँगै नेपालको कूटनीतिक सम्बन्ध  १८७  मुलुकमा विस्तार भएको छ ।