नेभिगेशन
समाज

लिपुलेकबारे नेपालले कुटनीतिक पत्रमा गरेको दावी 'ऐतिहासिक तथ्यमा आधारित छैन' : भारत

काठमाडौँ । नेपाली भूमि लिपुलेक हुँदै आयोजना गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा नेपाल सरकारले भारत सरकारलाई पठाएको कुटनीतिक नोटको जवाफ आएको छ । उक्त जवाफमा नेपालले उठाएका सीमासम्बन्धी दाबीहरूलाई भारतले अस्वीकार गरेको छ । 

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नेपालको दाबी  ‘ऐतिहासिक तथ्यमा आधारित नभएको’ उल्लेख गरेका छन् । जैसवालले  जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘लिपुलेक पास सन् १९५४ देखि नै कैलाश मानसरोवर यात्राका लागि प्रयोग हुँदै आएको पुरानो मार्ग हो । दशकौँदेखि यो मार्गबाट यात्रा भइरहेको छ, यो कुनै नयाँ घटनाक्रम होइन ।’

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विज्ञप्तीमा नेपालसँगको द्विपक्षीय सम्बन्ध र सीमा सम्बन्धी विवाद समाधानका लागि संवादको ढोका भने खुला रहेको बताइएको छ । 

Ncell
Extreme Energy

 नेपालको सार्वभौमिकतामाथि अतिक्रमण हुने गरी लिपुलेक क्षेत्रलाई समेटेर भारत र चीनले तीर्थयात्रा सञ्चालन गर्ने सहमति गरेपछि नेपाल सरकारले विरोध जनाउँदै दुबै छिमेकीलाई कूटनीतिक नोट पठाएको थियो । 

हालै भारतीय विदेश मन्त्रालयले आगामी २०२६ जुनदेखि अगस्टसम्मका लागि कैलाश मानसरोवर यात्राको तालिका सार्वजनिक गरेको थियो । जसमा १० वटा समूहलाई उत्तराखण्डको लिपुलेक नाका हुँदै तिब्बत प्रवेश गराउने उल्लेख छ । सन् २०२४ डिसेम्बरमा चिनियाँ विदेशमन्त्री वाङ यी र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालबिच भएको सहमतिपछि लिपुलेकमा सडक खोल्न थालिएको थियो । तीर्थयात्रा सञ्चालन गर्ने नाममा २ देशले नेपालको भूभागलाई द्विपक्षीय सम्झौतामा समावेश गरेका छन् ।

सन् १८१६ को सुगौली सन्धिअनुसार महाकाली नदीको पूर्वतर्फका भूभागहरू नेपालका हुन् । विक्रम संवत् २०७७ सालमा नेपालले संविधान संशोधनमार्फत कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र समेटिएको नयाँ राजनीतिक र प्रशासनिक नक्सा  जारी गरिएको थियो । नेपालले पटक–पटक भारतसँग सीमा विवाद सुल्झाउन र चीनसँग त्रिदेशीय विन्दु तय गर्न कूटनीतिक पहल गर्दै आएको छ ।

कूटनीतिक नोटमार्फत नेपालले लिपुलेक क्षेत्र नेपालको सार्वभौम भूभाग भएकाले नेपालको पूर्वस्वीकृति बिना हुने कुनै पनि गतिविधि मान्य नहुने, सुगौली सन्धि र अन्य ऐतिहासिक दस्तावेजका आधारमा नेपालको दाबी पुष्टि गर्ने, सीमा सम्बन्धी थाँती रहेका विषयहरूलाई स्थापित कूटनीतिक संयन्त्रमार्फत वार्ता गरी स्थायी समाधान खोज्न भनेको छ ।

यसअघि तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र केपी शर्मा ओलीले समेत कूटनीतिक नोट पठाएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा

आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ ।
एडिबीले बाढीपछिको वैज्ञानिक तथा प्राविधिक अध्ययनमा सघाउने

एडिबीले बाढीपछिको वैज्ञानिक तथा प्राविधिक अध्ययनमा सघाउने

एसियाली विकास बैंक (एडीबी)का नेपाल राष्ट्रिय निर्देशक आर्नो कोशवाले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठसँग भेट गरेका छन् ।
भारी वर्षाको सम्भावना: गण्डकी बेसिनका जलविद्युत आयोजनामा उच्च सतर्कता

भारी वर्षाको सम्भावना: गण्डकी बेसिनका जलविद्युत आयोजनामा उच्च सतर्कता

असोज ९-११ गतेसम्मको भारी वर्षाको प्रक्षेपणपछि गण्डकी बेसिनमा पर्ने जलविद्युत आयोजनाहरुमा उच्च सतर्कता अपनाइएको छ ।
प्रधानमन्त्री बालेनले यूएन महासभामा उठाएका ८ वटा महत्त्वपूर्ण विषय (पूर्णपाठ)

प्रधानमन्त्री बालेनले यूएन महासभामा उठाएका ८ वटा महत्त्वपूर्ण विषय (पूर्णपाठ)

प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघ महासभामा ८ वटा महत्त्वपूर्ण विषय उठाएका छन् ।