नेभिगेशन
समाज

भारतसँग विवाद भएको भूमि नेपालको हो भन्नेमा प्रतिवद्ध छौँः सरकारका प्रवक्ता

काठमाडौँ । सरकारले भारतसँग विवाद भएको भूमि नेपालको हो भन्नेमा प्रतिवद्ध रहेको जनाएको छ । मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै सरकारका प्रवक्ता सस्मित पोखरेलले बताएका हुन् ।  

भारतले लिपुलेक हुँदै कैलाश मानसरोवर जाने यात्रा खुल्ला गरेपछि नेपाल भारत सिमा विवाद फेरि सतहमा आएको छ । सोही सन्दर्भमा सोधिएको प्रश्नमा प्रवक्ता पोखरेलले भने, ‘यसमा नेपाल सरकार प्रतिवद्ध छ । परराष्ट्र मन्त्रालयले आफ्जनो नोट जारी गरेपछि भारत सरकारले पनि केही गरेको छ । भारत सरकारले पनि खुल्ला सहकार्यबाट यसको निकास निकाल्नुपर्छ भनेको छ । जुन भूमिमा विवाद भएको छ त्यो नेपालको हो भन्नेमा नेपाल सरकार प्रतिवद्ध छ, त्यो हाम्रो नोटमा आइसकेको छ । बाँकी दुई सरकारकाबीच सहकार्य हुने विषय हो ।’ 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपालको सार्वभौमिकतामाथि अतिक्रमण हुने गरी लिपुलेक क्षेत्रलाई समेटेर भारत र चीनले तीर्थयात्रा सञ्चालन गर्ने सहमति गरेपछि नेपाल सरकारले विरोध जनाउँदै दुबै छिमेकीलाई कूटनीतिक नोट पठाएको थियो । 

Ncell
Extreme Energy

त्यसको जवाफमा भारतले नेपालको दावीलाई तथ्यहिन भनेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नेपालको दाबी  ‘ऐतिहासिक तथ्यमा आधारित नभएको’ उल्लेख गरेका छन् । जैसवालले  जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘लिपुलेक पास सन् १९५४ देखि नै कैलाश मानसरोवर यात्राका लागि प्रयोग हुँदै आएको पुरानो मार्ग हो । दशकौँदेखि यो मार्गबाट यात्रा भइरहेको छ, यो कुनै नयाँ घटनाक्रम होइन ।’

हालै भारतीय विदेश मन्त्रालयले आगामी २०२६ जुनदेखि अगस्टसम्मका लागि कैलाश मानसरोवर यात्राको तालिका सार्वजनिक गरेको थियो । जसमा १० वटा समूहलाई उत्तराखण्डको लिपुलेक नाका हुँदै तिब्बत प्रवेश गराउने उल्लेख छ । 

सन् २०२४ डिसेम्बरमा चिनियाँ विदेशमन्त्री वाङ यी र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालबिच भएको सहमतिपछि लिपुलेकमा सडक खोल्न थालिएको थियो । तीर्थयात्रा सञ्चालन गर्ने नाममा २ देशले नेपालको भूभागलाई द्विपक्षीय सम्झौतामा समावेश गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्री बालेनले यूएन महासभामा उठाएका ८ वटा महत्त्वपूर्ण विषय (पूर्णपाठ)

प्रधानमन्त्री बालेनले यूएन महासभामा उठाएका ८ वटा महत्त्वपूर्ण विषय (पूर्णपाठ)

प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघ महासभामा ८ वटा महत्त्वपूर्ण विषय उठाएका छन् ।
पहिरोले बिपी राजमार्ग अवरुद्ध

पहिरोले बिपी राजमार्ग अवरुद्ध

अविरल वर्षाका कारण पहिरो जाँदा बिपी राजमार्ग अवरुद्ध भएको छ ।
देशभर ९ राजमार्ग अवरुद्ध

देशभर ९ राजमार्ग अवरुद्ध

लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा ९ वटा राजमार्ग अवरुद्ध भएका छन्।
नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। यससँगै नेपालको कूटनीतिक सम्बन्ध  १८७  मुलुकमा विस्तार भएको छ ।