नेभिगेशन
समाज

कानुन समितिका सांसदहरूलाई कानुन मन्त्री गौतमको आग्रह: भूमिका बुझौँ, एजेन्डामा छलफल गरौँ

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले चनचासोको विषयमा केन्द्रित भएर छलफल गर्न सांसदहरूलाई आग्रह गरेकी छिन् ।

सोमबार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले संसद र संसदीय समितिलाई प्रभावकारी बनाउन पनि सांसदहरूले विषय केन्द्रित छलफल गर्न आवश्यक रहेको प्रष्ट पारिन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘मैले जवाफ दिने सवालमा चाहीँ अबदेखि हामी एजेण्डा केन्द्रित भएर आयौं भने, तयारीका साथ आउँदाखेरी सरकारले पनि यसमा के हो भनेर सरकारले पनि पोजिशन तयार गरेर तपाईंहरूको प्रश्नको जवाफ सरकारले स्पष्टसँग लिएर आउन सक्छ । त्यसकारण मैले एजेण्डा केन्द्रित भएर छलफल गर्न माननीय सदस्यज्यूहरूलाई आग्रह गरेँ,’ उनले भनिन् ।

Ncell
Extreme Energy

मन्त्री गौतमले सांसदहरूले विषय केन्द्रित भएर छलफल गरेमात्रै सरकार त्यसको जवाफ दिन बाध्य हुने समेत बताइन् । सरकार सांसदहरूले उठाएका हरेक विषयवस्तुमा संवेदनशील रहेको मन्त्री गौतमको भनाइ थियो ।

सरकारबाट स्पष्ट जवाफको अपेक्षा गर्न पनि सांसदहरूले विषयवस्तु केन्द्रित भएर छलफल गर्न आवश्यक रहेको तथ्य पनि उनले स्मरण गराइन् ।

‘संसदमा हरेक माननीय सदस्यहरूलाई बोल्नका लागि समय छुट्टयाइएको हुन्छ । तर समिति चाहीँ त्यसरी बोल्ने अभ्यास हामीले गरिरहेका छैनौं । यसको मर्म के हो भने समितिमा विषयवस्तुहरू राख्दाखेरी साह्रै समयको पावन्दी नहोस् भन्ने हो,’ उनले भनिन्, ‘विषयवस्तु एजेण्डाभित्र राख्दै गर्दा अरुले राखेको भन्दै छुट्टै खालको एजेन्डामा छलफल गर्दा बैठकलाई हामीले प्रभावकारी बनाउन सक्छौ भन्ने मलाई लाग्छ ।’

मन्त्री गौतमले संसद र संसदीय समितिको कामलाई प्रभावकारी बनाउनका लागि सांसदहरूले समयसीमालाई पनि ख्याल गर्न जरुरी रहेको बताइन् ।

‘सरकार तपाईंहरूले उठाउनुभएको हरेक विषयमा संवेदनशील छ । तर यहाँ उठान भएका विषयबस्तुहरू एउटा फ्रेममा बसेर उठान गरियो भने यसलाई प्रभावकारी बनाउन सक्छौं,’ उनले भनिन्, ‘हाम्रो उद्देश्य भनेको जनताका चासोका विषयहरूलाई कुनै न कुनै तरिकाले सम्बोधन गर्नु हो । संसदको नियममा रहेर काम गरौ, जसले गर्दा यसको कामलाई प्रभावकारी बनाउन सकियोस् भन्ने म आग्रह गर्न चाहन्छु ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रतिनिधिसभा बैठक सुरु

प्रतिनिधिसभा बैठक सुरु

बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक निधारित समय भन्दा केहि मिनेट ढिलो गरी सुरु भएको हो ।
शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर महानगरपालिका-४ का वडाध्यक्ष सन्तोष खड्काले जावलाखेलस्थित ललित मण्डपमा भोटो देखाउने तयारी गरिएको बताउँदै तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए। उनका अनुसार प्रत्येक वर्षझैँ यस वर्ष पनि भोटो...
यस वर्ष प्रि–मनसुनमा ४५ वर्षयताकै सबैभन्दा बढी वर्षा

यस वर्ष प्रि–मनसुनमा ४५ वर्षयताकै सबैभन्दा बढी वर्षा

यस वर्ष भने औसतको १४५ दशमलव पाँच प्रतिशत अर्थात् ३३९ दशमलव सात मिलिमिटर पानी परेको विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिए। यसैबीच पछिल्लो २४ घण्टामा...
रास्वपा महाधिवेशनमा थारु समुदायको झाँकी, अतिथिलाई यसरी गरिनेछ स्वागत

रास्वपा महाधिवेशनमा थारु समुदायको झाँकी, अतिथिलाई यसरी गरिनेछ स्वागत

राष्ट्रिय स्वतन्त्र पार्टीको आइतबारदेखि चितवनमा सुरु महाधिवेशनमा थारु संस्कृतिलाई प्रवर्द्धन गरिने भएको छ ।