नेभिगेशन
नेताका कुरा

संसदका गतिविधिलाई परिणाममुखी बनाउने कार्यमा भूमिका निर्वाह गर्न सभामुखको सुझाव

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले संसदका गतिविधिलाई परिणाममुखी बनाउने गरी भूमिका निर्वाह गर्न राजनीतिक दलका सचेतकहरुलाई सुझाव दिएका छन्।

सोमबार सिंहदरबारमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका सचेतकहरूसँगको छलफलका क्रममा सभामुख अर्यालले नेपाली जनताले चाहना गरेअनुसार संसदका गतिविधिलाई परिणाममूखी बनाउनेगरि भूमिका निर्वाह गर्न सुझाव दिएका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संसदमा देखिएका समस्यालाई हल गर्दै प्रभावकारी बनाउने र संसदको मर्म र संसदीय परम्परा र प्रणालीलाई अव्वल बनाउने बिषयमा समेत छलफल भएको राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले बताए । बैठकमा दलका सचेतकहरुले सभामुख र संसद सचिवालयसंग समन्वय र सहकार्य गरेर परिणाम ल्याउने कुरामा जोड दिएको उनले बताए ।

Ncell
Extreme Energy

संसदको प्रारम्भिक चरणमा देखिएका अव्यवस्थाहरूलाई सम्बोधन गर्ने संसद सचिवालयले प्रतिवद्धता व्यक्त गरेको समेत उनले बताए। सचेतकहरूमार्फत आफ्नो दलमा प्रभावकारी अनुशिक्षण, प्रशिक्षण र कामकारबाहीलाई अगाडि बढाएर जिम्मेवारी वहन गर्न सभामुखले निर्देशन दिएको उनको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
ऋण असुलीबाट बचत फिर्ता तीव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम

ऋण असुलीबाट बचत फिर्ता तीव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  ४ समस्याग्रस्त सहकारीको १०५ जनाको बचत फिर्ता गरेको छ। समितिका अनुसार शिव शिखरका ३५,ओरिन्टल को अपरेटिभका २, तुलसीको १३ र कान्तीपुर सहकारीका ५५  साना...
असोज ७ देखि ९ गतेसम्म यस्तो छ वर्षाको चेतावनी

असोज ७ देखि ९ गतेसम्म यस्तो छ वर्षाको चेतावनी

जल तथा मौसम विज्ञान विभागले असोज ७ देखि ९ गतेसम्म देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
सरकारले संसदमा ल्यायो १० वटा नयाँ विधेयक

सरकारले संसदमा ल्यायो १० वटा नयाँ विधेयक

सरकारले १० वटा नयाँ विधेयक प्रतिनिधि सभामा दर्ता गरेको छ ।
प्रधानमन्त्रीको भारत भ्रमणको तयारी तीव्र, मंसिर पहिलो साता नयाँदिल्ली उड्ने

प्रधानमन्त्रीको भारत भ्रमणको तयारी तीव्र, मंसिर पहिलो साता नयाँदिल्ली उड्ने

सरकारले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको तयारी तीव्र पारेको छ ।