नेभिगेशन
समाज

पर्वतमा सवारी दुर्घटना हुँदा १० जना घाइते

काठमाडौँ । म्याग्दी सदरमुकाम बेनीबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ८६७५ नम्बरको विद्युतीय सवारी मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत सदरमुकाम कुश्मा नजिकै माझमेलामा सोमबार दुर्घटना भएको छ । सो दुर्घटनामा परी १० जना घाइते भएका छन् ।

तीव्र गतिमा गुडिरहेको गाडी चिप्लिएर नालीमा खसेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक दिनेश पौडेलले जानकारी दिए । उनका अनुसार घाइते हुनेमा म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गाता तोपानीका ६० वर्षीया देवी खत्री, कास्की, पोखरा महानगरपालिका–१३ बस्ने  ५५ वर्षीय लालवीर दमै, सोही ठाउँकी २५ वर्षीया सीता परियार, पर्वतको जलजला गाउँपालिका–२ की ३८ वर्षीया लिला परियार, उनका छोरा आठ वर्षका दिप्सन परियार घाइते भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसैगरी ४९ वर्षीय विष्णु दमै, १९ वर्षीय सुस्मिता दमाई, पोखरा महानगरपालिका–१० बस्ने ३८ वर्षीया सुशीला थापा ५० वर्षीया लिला थापा रहेको प्रहरीले जनाएको छ । सबै घाइतेको प्रदेश अस्पताल पर्वतमा उपचार भइरहेको छ । घाइते अधिकांशको टाउको र हातखुट्टामा चोट लागेको छ । सबैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अन्तर्राष्ट्रिय टनेल विशेषज्ञ आर्नोल्ड डिक्सले भने– यस्तो विपत्ति विश्वमै विरलै भएको मेरो अनुभव छ

अन्तर्राष्ट्रिय टनेल विशेषज्ञ आर्नोल्ड डिक्सले भने– यस्तो विपत्ति विश्वमै विरलै भएको मेरो अनुभव छ

अन्तर्राष्ट्रिय टनेल तथा भूमिगत संरचना विशेषज्ञ प्रोफेसर आर्नोल्ड डिक्सले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी र त्यसबाट जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य संरचनामा परेको क्षति विश्वमै अत्यन्तै असामान्य प्रकृतिको...
राष्ट्रपतिले भने– भोटेकोशी बाढीपीडितको व्यवस्थापन र पुनर्निर्माण तीव्र पार्नू

राष्ट्रपतिले भने– भोटेकोशी बाढीपीडितको व्यवस्थापन र पुनर्निर्माण तीव्र पार्नू

राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढी प्रभावितहरूको तत्काल व्यवस्थापन, सडक तथा यातायात सञ्चालन, पुनर्निर्माण र पुनःस्थापनाका कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका छन्।
विपद्पछिको पुनरुत्थानबारे विकास साझेदारसँग अर्थमन्त्री वाग्लेले थाले छलफल

विपद्पछिको पुनरुत्थानबारे विकास साझेदारसँग अर्थमन्त्री वाग्लेले थाले छलफल

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपद्पछिको पुनरुत्थान र आवश्यकता आकलनबारे विकास साझेदारहरूसँग छलफल गरेका छन्।
हिमालयलाई विशेष जलवायु तथा विपद् जोखिम क्षेत्रको अन्तर्राष्ट्रिय मान्यता दिलाउन पहल गरौँ : रवि लामिछाने

हिमालयलाई विशेष जलवायु तथा विपद् जोखिम क्षेत्रको अन्तर्राष्ट्रिय मान्यता दिलाउन पहल गरौँ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले हिमालयलाई विशेष जलवायु तथा विपद् जोखिम क्षेत्रका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन पहल गर्नुपर्ने प्रस्ताव राखेका छन्।

भर्खरै