नेभिगेशन
समाज

अस्पतालहरूमा स्वास्थ्य मन्त्रालयको अनुगमन, शासकीय सुधार कार्य योजना कार्यान्वयनमा जोड

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शासकीय सुधार सम्बन्धी एक सय कार्य योजनाहरूको कार्यान्वयनमा तीव्रता दिएको छ ।

शासकीय सुधार कार्य योजना अनुरूप मन्त्रालयले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै स्वास्थ्य संस्थाहरूमा अनुगमन अघि बढाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले महाशाखा प्रमुख डा. रोशन न्यौपानेको नेतृत्वमा काठमाडौँको महाराजगन्जस्थित कान्ति बाल अस्पतालको अनुगमन गर्दै आवश्यक सुधारका लागि पत्राचार गरेको छ । 

Ncell
Extreme Energy

 मन्त्रालयले अस्पताललाई ओपिडी, इमर्जेन्सी, फार्मेसी, रेडियोलोजिकल विभाग लगायत अन्य सेवामा समेत प्रतीक्षा समय घटाउन भनेको छ । 

त्यसै गरी, बिरामीसँग सम्मानजनक र मैत्रीपूर्ण व्यवहार गर्न, आकस्मिक अवस्थामा पर्याप्त कर्मचारी खटाउने व्यवस्था गर्न, सरसफाइ र सुरक्षा व्यवस्थापनमा सुधार गर्न मन्त्रालयले अस्पताललाई निर्देशन दिएको छ । 

कर्मचारीको नियमित उपस्थिति कडाइका साथ पालना गराउन निर्देशन दिएको मन्त्रालयले अस्पतालका उपकरणहरू चुस्त दुरुस्त राख्न समेत भनेको छ । मन्त्रालयले  अस्पताललाई पत्रमार्फत अस्पतालको ओपिडी समयमा 'एमआर'हरूलाई प्रवेशमा रोक लगाउन समेत निर्देशन दिएको छ । 

मन्त्रालयले यस अघि भेरी अस्पताल, नारायणी अस्पताल, बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान र गजेन्द्रनारायण सिंह अस्पतालको अनुगमन गरिसकेको छ ।

सरकारको 'शासकीय सुधार सम्बन्धी एक सय कार्य योजना'को सूची ८५ को 'क' देखि 'ङ' सम्म स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सँग सम्बन्धित विषय समावेश छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ब्रड पिकबाट निर्मल पुर्जासहित चार आरोहीको शव ल्याइयो बेसक्याम्प

ब्रड पिकबाट निर्मल पुर्जासहित चार आरोहीको शव ल्याइयो बेसक्याम्प

पाकिस्तानको ब्रड पिक हिमालमा हिमपहिरोमा परेर ज्यान गुमाएका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) सहित चार जनाको शव बेसक्याम्प ल्याइएको छ।
अन्तर्राष्ट्रिय युवा दिवस तयारीबारे रास्वपाको आयोजक समितिको बैठक बस्दै

अन्तर्राष्ट्रिय युवा दिवस तयारीबारे रास्वपाको आयोजक समितिको बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अन्तर्राष्ट्रिय युवा दिवस–२०२६ को तयारीलाई तीव्र बनाउन आयोजक समितिको बैठक बोलाएको छ ।
महाधिवेशन तयारी तीव्र बनाउँदै राप्रपा, विभिन्न समिति गठन

महाधिवेशन तयारी तीव्र बनाउँदै राप्रपा, विभिन्न समिति गठन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मंसिर २६, २७ र २८ गते हुने पार्टीको महाधिवेशनलाई भव्य, व्यवस्थित र प्रभावकारी बनाउन महाधिवेशन मूल आयोजक समिति मातहत विभिन्न समिति गठन...
राप्रपाले भन्यो– प्रदेश सरकार कांग्रेस, एमाले र नेकपा मिलेर निर्माण गरून्

राप्रपाले भन्यो– प्रदेश सरकार कांग्रेस, एमाले र नेकपा मिलेर निर्माण गरून्

राष्ट्रिय प्रजातन्त्र पार्टीले वर्तमान परिस्थितिमा पार्टी कुनै पनि प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा सामेल नहुने निर्णय गरेको छ ।

भर्खरै