नेभिगेशन
समाज

देवराजले राजनीतिक नियुक्ती दिएका संसद सचिव हटाउने प्रक्रियामा सभामुख अर्याल

काठमाडौँ । सभामुख डिपी अर्यालले प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई हटाउने प्रक्रिया सुरू गरेका छन्।

अघिल्ला सभामुख देवराज घिमिरेले राजनीतिकरुपमा नियुक्त गरेका राईलाई हटाउन सभामुख अर्यालले स्पष्टीकरण सोधेको जनाइएको छ। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सचिव राईलाई विघटित प्रतिनिधिसभाका तत्कालीन सभामुख घिमिरेको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका थिए।

Ncell
Extreme Energy

झापाको शिवसताक्षी नगरपालिका–२ का राई लामो समय शिक्षण पेसामा आबद्ध थिए।

स्रोतका अनुसार राजनीतिक परिवर्तनपछि राजनीतिक नियुक्ती लिएकाहरुले राजीनामा दिने तथा सरकारले नै बर्खास्त गर्दा समेत संसद सचिवकारुपमा राईले नैतिकताका आधारमा आफै मार्ग प्रस्तत गरुन् भन्ने सभामुखले अर्यालले चाहेका थिए । 
तर सांसद राईले मार्ग प्रस्तत गर्न नखोजेपछि प्रक्रिया सुरु गरिएको हो । 
 

सचिव राईलाई हटाएपछि उनको ठाउँमा नयाँ नियुक्तिका लागि सिफारिस गर्न बाटो खुल्नेछ।

प्रतिनिधिसभाका सभामुखले सचिवको नाम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने र राष्ट्रपतिबाट नियुक्त गर्ने नियम छ।
सचिव राईले सोमबार स्पष्टीकरण बुझाएको बताईएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

त्यो प्रतीक्षा– शुक्रबार बिहान पुरा भयो । विश्वको सबैभन्दा ठूलो मन्च– संयुक्त राष्ट्रसंघको एघारौं महासभामा संसारकै कान्छा सरकार प्रमुख बालेनले सम्बोधन गरे । सम्बोधन गर्नु औपचारिकता मात्रै होइन,...
प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी भई आज स्वदेश फर्किएका छन् ।
धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गोकर्णेश्वर नगरपालिका १, शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने धाप बाँध (ड्याम) सुरक्षित रहेको जनाएको छ ।
प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश फर्किएका छन् ।