नेभिगेशन
समाज

प्रधानमन्त्रीले सञ्चारकर्मीलाई आफ्नो भिडियो खिच्न रोक्नु भएको छैन,अतिरञ्जित नगर्नु: प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ । प्रधानमन्त्री बालेनले कुनै पनि सञ्चारकर्मीलाई कार्यक्षेत्रबाट हटाउन वा आफ्नो भिडियो खिच्न रोक्न निर्देशन नदिएको सचिवालयले जनाएको छ । 

प्रधानमन्त्री कार्यालयमा परिसरमा सञ्चारकर्मीलाई भिडियो खिच्ने अवरोध गरिएको भन्ने विषयमा समाचार सार्वजनिक भएपछि प्रधानमन्त्रीको सचिवालयले ध्यानाकर्षण भएको उल्लेख गर्दै प्रधानमन्त्रीले सञ्चारकर्मीसँग सम्बन्धित कुनै निर्देशन नदिएको जनाएको हो। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रधानमन्त्रीको सचिवालयले घटनाक्रमको जानकारी गराउँदै प्रधानमन्त्री बालेन कार्यालय प्रवेश गर्ने क्रममा सुरक्षाकर्मीसँग परिसरभित्रको सवारी व्यवस्थापन र प्रशासनिक सहजतासँग मात्र सम्बन्धित विषयमा कुरा गरेको जनाएको हो । 

Ncell
Extreme Energy

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीले सञ्चारकर्मीहरूलाई कार्यक्षेत्रबाट हटाउन वा आफ्नो भिडियो खिच्न रोक्न कुनै पनि किसिमको निर्देशन दिएका छैनन् । 

प्रधानमन्त्री कार्यालय प्रवेश गर्ने क्रममा कार्यालय परिसरमा सवारी साधनहरूको अत्यधिक भिडभाड देखिएपछि उहाँले सोको व्यवस्थापन र सुरक्षा सतर्कताबारे सुरक्षाकर्मीसँग सामान्य जिज्ञासा मात्र राख्नुभएको हो, प्रधानमन्त्रीको सचिवालयले भन्यो  उहाँको यो चासो परिसरभित्रको सवारी व्यवस्थापन र प्रशासनिक सहजतासँग मात्र सम्बन्धित थियो। 

साथै सञ्चारकर्मीहरूलाई प्रधानमन्त्री कार्यालय परिसरमा उपलब्ध गराइएको पहुँचमा कुनै पनि प्रकारको कटौती वा निषेध समेत नगरिएको सचिवालयले जनाएको छ । 
प्रधानमन्त्रीका प्रेस विज्ञ दिपा दाहालले सञ्चारकर्मीहरूलाई सूचना सङ्कलन र रिपोर्टिङका लागि अनुमति भएको स्थानमा कुनै पनि किसिमको अवरोध नभएका र भविष्यमा समेत नहुने जनाएकी छिन् । 

उनले सुरक्षा र व्यवस्थापनसँग जोडिएको सामान्य प्राविधिक विषयलाई प्रेसमाथिको 'अङ्कुश'वा'अवरोध'का रूपमा अतिरञ्जित नगर्न अनुरोध समेत गरेकी छिन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

त्यो प्रतीक्षा– शुक्रबार बिहान पुरा भयो । विश्वको सबैभन्दा ठूलो मन्च– संयुक्त राष्ट्रसंघको एघारौं महासभामा संसारकै कान्छा सरकार प्रमुख बालेनले सम्बोधन गरे । सम्बोधन गर्नु औपचारिकता मात्रै होइन,...
प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी भई आज स्वदेश फर्किएका छन् ।
धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गोकर्णेश्वर नगरपालिका १, शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने धाप बाँध (ड्याम) सुरक्षित रहेको जनाएको छ ।
प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश फर्किएका छन् ।