नेभिगेशन
समाज

रोशी खोलाको भंगालोमा फसे ४ वटा माइक्रोबस, यात्रुको उद्धार हुँदै

काभ्रे । बीपी राजमार्गको रोशी खोलाको भंगालोमा ४ वटा विद्युतीय माइक्रोबस फसेका छन् ।

जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहका अनुसार रोशी ७ लास्कोट र घुमाउने बीचमा फसेका ४ वटा माइक्रोबसका यात्रुलाई उद्धार थलिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


खोलापारीबाट अन्य गाडीको लाइट बालेर डोरीको सहायतामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार थालेका छन् । 

Ncell
Extreme Energy

प्रहरीको अनुसार अनुसार खोला बढ्दै गएको र अँध्यारोको कारण उद्धारमा कठिनाइ भएको छ । ४ वटा माइक्रोबसमा कति यात्रु छन् यकिन नभएको प्रहरीले जनाएको छ ।

अहिले डोरीको सहायतामा नेपाल प्रहरी र सशस्त्र प्रहरी घटनास्थल पुगेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख शाह, सशस्त्र प्रहरी १५ नम्बर गणका प्रमुख एसपी माधव रेग्मी, नेपाली सेना लगायतको टोली घटनास्थल पुगेका छन् ।

आज साँझ बनेपा, पनौती, धुलिखेल लगायत स्थानमा परेको वर्षाका कारण बीपी राजमार्ग अवरुद्ध छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

त्यो प्रतीक्षा– शुक्रबार बिहान पुरा भयो । विश्वको सबैभन्दा ठूलो मन्च– संयुक्त राष्ट्रसंघको एघारौं महासभामा संसारकै कान्छा सरकार प्रमुख बालेनले सम्बोधन गरे । सम्बोधन गर्नु औपचारिकता मात्रै होइन,...
प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी भई आज स्वदेश फर्किएका छन् ।
धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गोकर्णेश्वर नगरपालिका १, शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने धाप बाँध (ड्याम) सुरक्षित रहेको जनाएको छ ।
प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश फर्किएका छन् ।