नेभिगेशन
समाज

सरकारले जातीय विभेदसम्बन्धी गुनासो सुनुवाईका लागि 'फास्ट ट्रयाक डेस्क' सञ्चालन गर्ने

काठमाडौँ । सरकारले जातीय तथा सामाजिक विभेदसम्बन्धी गुनासो सुनुवाइका लागि सबै जिल्ला प्रशासन कार्यालयमा फास्ट ट्रयाक डेस्क सञ्चालन गर्ने भएको छ । 

आज कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले सामाजिक सञ्जालमार्फत् पीडितलाई सहजरूपमा गुनासो दर्ता गराउन र छिटो न्यायिक प्रक्रिया अघि बढाउन यस्तो व्यवस्था गरिएको जानकारी दिएकी छिन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

साथै उनले दलित समुदायलाई कोठा भाडामा नदिएको घटनापछि काठमाडौँको माइतीघरमा जारी धर्ना तथा देशभर बढ्दो जातीय छुवाछूतका घटनाप्रति सरकार गम्भीर बनेको बताइन् । 

Ncell
Extreme Energy

हाल माइतीघरमा दलित समुदायले कोठा भाडामा नदिएको घटनाको विरोधमा धर्ना जारी राखेका छन् । उनीहरूले दोषीमाथि कडा कारबाही र विभेद अन्त्यका लागि प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेका छन् ।

सरकारको यो निर्णयलाई विभेदविरुद्धको पहलका रूपमा लिइए पनि यसको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् ।

नेपालको संविधान तथा प्रचलित कानुनले जातीय छुवाछूतलाई दण्डनीय अपराध घोषणा गरे पनि व्यवहारमा यस्ता घटना अझै भइरहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

त्यो प्रतीक्षा– शुक्रबार बिहान पुरा भयो । विश्वको सबैभन्दा ठूलो मन्च– संयुक्त राष्ट्रसंघको एघारौं महासभामा संसारकै कान्छा सरकार प्रमुख बालेनले सम्बोधन गरे । सम्बोधन गर्नु औपचारिकता मात्रै होइन,...
प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी भई आज स्वदेश फर्किएका छन् ।
धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गोकर्णेश्वर नगरपालिका १, शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने धाप बाँध (ड्याम) सुरक्षित रहेको जनाएको छ ।
प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश फर्किएका छन् ।