नेभिगेशन
समाज

धितोपत्र बोर्ड अध्यक्ष पदमा ४७ जनाले बुझाए आवेदन

काठमाडौँ । नेपाल धितोपत्र बोर्डको कार्यकारी अध्यक्ष पदका लागि आकांक्षी ४७ जनाले आवेदन दिएका छन् । छनोट समितिले सोमबारसम्मको समय राखेर आवेदन माग गरेकोमा ४७ जनाले बुझाएका हुन् ।

सरकारले राजनीतिक पहुँचका आधारमा नभई खुला प्रतिस्पर्धाका आधारमा नेतृत्व चयन गर्ने भएपछि आवेदन पनि विगतको तुलनामा धेरै परेको हो । धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिको लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिको सचिवालयमा उनीहरूले आवेदन बुझाएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

समितिको सचिवालय अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा रहेको छ । समितिले वैशाख १५ देखि २१ गतेसम्मकोसमय राखेर दरखास्त आह्वान गरेको थियो ।

Ncell
Extreme Energy

समितिले अब ४७ आवेदक मध्येबाट संक्षिप्त सूची तयार गर्नेछ । त्यसमध्येबाट समितिले कम्तीमा ३ जनाको नाम सरकारलाई सिफारिस गर्नेछ । सरकारले तीन जना मध्येबाट एकलाई धितोपत्र बोर्डको कार्यकारी अध्यक्षमा नियुक्त गर्नेछ । यसरी नियुक्त भएका अध्यक्षको कार्याअवधि ४ वर्षको हुनेछ ।

यही वैशाख ८ गते बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.गुणाकर भट्टको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो । समितिमा अर्थ सचिव घनश्याम उपाध्याय र पूर्व बैंकर भुवन कुमार दाहाल सदस्य छन् । वैशाख ४ गते बोर्ड अध्यक्षबाट सन्तोष श्रेष्ठले राजीनामा दिएपछि उक्त पद रिक्त छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार गुठीले २०८२ सालको ‘मदन पुरस्कार’ नेवार समुदायका परम्परागत ‘मुकुण्डोनाच’ (नेवाः समुदायया परम्परागत ख्वापाः प्याख)का लागि लेखक वीणा जोशी (राजभण्डारी)लाई दिने भएको छ ।
नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडक सोमबार बिहानदेखि आंशिक बन्द गर्नेभएको छ ।
परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छो ह्युनबीच नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यका साथै द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको...
रसुवा, नुवाकोट र धादिङमा वडा अधिवेशन सम्भव छैन : गगन थापा

रसुवा, नुवाकोट र धादिङमा वडा अधिवेशन सम्भव छैन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवा, नुवाकोट र धादिङमा पार्टीको वडा अधिवेशन गर्न सम्भव नभएको बताएका छन् ।