नेभिगेशन
सबै कुरा

लोडसेडिङमा पनि बिजुली पाएको उद्योगीले ५ वर्षसम्ममा महसुल तिरे हुने

काठमाडौं । डेडिकेटेड तथा ट्रंकलाइन विवादमा नेपाल विद्युत प्राधिकरणले उद्योगीलाई ५ वर्षे सुविधा दिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइन उपभोग गरेर महसुल नतिरेका २३ उद्योगको विद्युत कटौती गरेको थियो । 

Ncell
Extreme Energy

प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत्त उपभोग गरेका कुल ६१ उपभोक्ताबाट २०८० मंसिर मसान्तसम्मको २२ अर्ब २४ करोड रुपैयाँ उठाउनु पर्ने बताउँदै आएको थियो ।

 तर उद्योगीहरूले प्राधिकरणले तोकेको शुल्क गैरकानुनी भएको भन्दै महसुल नतिर्ने बताउँदै आएका थिए । प्राधिकरणले विद्युतनै कटौती गर्न थालेपछि उद्योगीहरू थप आन्दोलित भएका थिए । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र व्यवसायीले एकअर्कालाई आरोपप्रत्यारोप गर्दै आएका थिए । तर सोमबारबाट भने कटौती गरिएको उद्योगमा विद्युत दिन थालिएको छ भने उद्योगीले ५ वर्षमा किस्ता किस्तामा महसुल तिर्ने सुविधा पाएका छन् । 

विवाद बढ्दै गएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बहादुर बस्नेतको अध्यक्षतामा सोमबार साँझ बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले बक्यौता रकम किस्ताबन्दीमा भुक्तानी गर्ने व्यवस्था गरेको हो । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार जति महिनाको छुट बिल जारी गरिएको त्यति नै महिनाको वा बढीमा ६० महिनाको किस्ताबन्दीको सुविधा दिने विशेष व्यवस्था बोर्डबाट गरिएको जानकारी दिए । 

विगतमा लोडसेडिङको अवस्थामा प्राधिकरणको विद्युत प्रणालीमा निरन्तर विद्युत आपूर्ति हुने डेडिकेटेड फिडर र ट्रंक लाइन बाट विद्युत आपूर्ति लिने औद्योगिक, व्यापारिक र गैह्र व्यापारिक वर्गका ग्राहकरुलाई प्रिमियमसहितको विद्युत महसुल भुक्तानीका लागि नेपाल विद्युत् प्राधिकरणले पटक पटक ताकेता गरेको थियो ।

प्राधिकरणले सर्वसाधारण उपभोक्तालाई लोडसेडिङमा राख्दै २३९ औद्योगिक, व्यापारिक र गैह्र व्यापारिक ग्राहकहरुलाई भने डेडिकेटेड फिडर तथा ट्रंक लाइनमार्फत २० घण्टाभन्दा बढी समयसम्म बिजुली दिएको थियो । 

प्राधिकरणको बोर्डको निर्णयपछि बारा पर्सा औद्योगिक करिडोरअन्तर्गत परवानीपुरमा सञ्चालनमा रहेको हिमाल आइरन एण्ड स्टिलले डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत खपत गरेबापतको पहिलो किस्तामा २७ लाख रुपैयाँ बुझाएको छ भने प्राधिकरणले विद्युत सुचारू गरिदिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइटबाट इन्टरनेट दिने

एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइटबाट इन्टरनेट दिने

युटेलस्याटको लो अर्थ अर्बिट स्याटलाइटबाट सञ्चालित उपकरणहरू एनसेलले उद्धार, राहत र पुनर्स्थापना प्रयासमा संलग्न सम्बन्धित सरकारी निकायहरूसँग समन्वय गरी पहिचान गरिएका महत्त्वपूर्ण र आवश्यक स्थानहरूमा जडान गरिरहेको छ।...
“Ultima Aura Earbuds सार्वजनिक हुँदै, Hi-Res Audio र Sony LDAC मा नेपालको पहिलो उपलब्धि हासिल गर्दै”

“Ultima Aura Earbuds सार्वजनिक हुँदै, Hi-Res Audio र Sony LDAC मा नेपालको पहिलो उपलब्धि हासिल गर्दै”

Hi-Res Audio प्रमाणपत्र, Sony LDAC सुविधा र Sony द्वारा समायोजन गरिएको ध्वनिसहित Aura ले सामान्यतया निकै महँगा अन्तर्राष्ट्रिय इयरबड्समा पाइने प्रविधिहरू नेपाली ब्रान्डमार्फत नेपाली उपभोक्तामाझ ल्याएको छ ।...
बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप

यससँगै प्रभावित क्षेत्रमा थप एक हप्तासम्म एनसेलका भ्वाइस, डेटा र एसएमएस सेवा निःशुल्क उपलब्ध हुनेछन्। यसअघि एनसेलले बाढी आएको दिन भदौ १० गते प्रभावित क्षेत्रमा तीन दिनसम्म निःशुल्क...
भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिको पुनरुत्थानका लागि राहत, कर छुट, ऋण तथा ब्याज सहुलियत र बीमा दाबी भुक्तानीमा सहज हुने गरी प्याकेज...

भर्खरै