नेभिगेशन
सबै कुरा

लोडसेडिङमा पनि बिजुली पाएको उद्योगीले ५ वर्षसम्ममा महसुल तिरे हुने

काठमाडौं । डेडिकेटेड तथा ट्रंकलाइन विवादमा नेपाल विद्युत प्राधिकरणले उद्योगीलाई ५ वर्षे सुविधा दिएको छ । 

प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइन उपभोग गरेर महसुल नतिरेका २३ उद्योगको विद्युत कटौती गरेको थियो । 

प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत्त उपभोग गरेका कुल ६१ उपभोक्ताबाट २०८० मंसिर मसान्तसम्मको २२ अर्ब २४ करोड रुपैयाँ उठाउनु पर्ने बताउँदै आएको थियो ।

 तर उद्योगीहरूले प्राधिकरणले तोकेको शुल्क गैरकानुनी भएको भन्दै महसुल नतिर्ने बताउँदै आएका थिए । प्राधिकरणले विद्युतनै कटौती गर्न थालेपछि उद्योगीहरू थप आन्दोलित भएका थिए । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र व्यवसायीले एकअर्कालाई आरोपप्रत्यारोप गर्दै आएका थिए । तर सोमबारबाट भने कटौती गरिएको उद्योगमा विद्युत दिन थालिएको छ भने उद्योगीले ५ वर्षमा किस्ता किस्तामा महसुल तिर्ने सुविधा पाएका छन् । 

विवाद बढ्दै गएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बहादुर बस्नेतको अध्यक्षतामा सोमबार साँझ बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले बक्यौता रकम किस्ताबन्दीमा भुक्तानी गर्ने व्यवस्था गरेको हो । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार जति महिनाको छुट बिल जारी गरिएको त्यति नै महिनाको वा बढीमा ६० महिनाको किस्ताबन्दीको सुविधा दिने विशेष व्यवस्था बोर्डबाट गरिएको जानकारी दिए । 

विगतमा लोडसेडिङको अवस्थामा प्राधिकरणको विद्युत प्रणालीमा निरन्तर विद्युत आपूर्ति हुने डेडिकेटेड फिडर र ट्रंक लाइन बाट विद्युत आपूर्ति लिने औद्योगिक, व्यापारिक र गैह्र व्यापारिक वर्गका ग्राहकरुलाई प्रिमियमसहितको विद्युत महसुल भुक्तानीका लागि नेपाल विद्युत् प्राधिकरणले पटक पटक ताकेता गरेको थियो ।

प्राधिकरणले सर्वसाधारण उपभोक्तालाई लोडसेडिङमा राख्दै २३९ औद्योगिक, व्यापारिक र गैह्र व्यापारिक ग्राहकहरुलाई भने डेडिकेटेड फिडर तथा ट्रंक लाइनमार्फत २० घण्टाभन्दा बढी समयसम्म बिजुली दिएको थियो । 

प्राधिकरणको बोर्डको निर्णयपछि बारा पर्सा औद्योगिक करिडोरअन्तर्गत परवानीपुरमा सञ्चालनमा रहेको हिमाल आइरन एण्ड स्टिलले डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत खपत गरेबापतको पहिलो किस्तामा २७ लाख रुपैयाँ बुझाएको छ भने प्राधिकरणले विद्युत सुचारू गरिदिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जेनजी आन्दोलनमा क्षति भएको संरचना पुर्ननिर्माण गर्न नेशनल लाईफ इन्स्योरेन्सको १ करोड सहयोग

जेनजी आन्दोलनमा क्षति भएको संरचना पुर्ननिर्माण गर्न नेशनल लाईफ इन्स्योरेन्सको १ करोड सहयोग

कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग रकम उपलब्ध गराएको हो । प्रमुख कार्यकारी अधिकृत श्री खत्रीले उक्त अवसरमा कम्पनीले विगतमा शिक्षा, स्वास्थ्य, दैबी प्रकोप ब्यवस्थापन एवं...
“पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला” योजनाकाे लाभ ग्राहकहरूले कार्तिक २७ सम्म उठाउन सक्ने

“पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला” योजनाकाे लाभ ग्राहकहरूले कार्तिक २७ सम्म उठाउन सक्ने

सिप्रदी अटोपार्ट्स प्रा.लि. द्वारा संचालित “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला” योजना अन्तर्गत अब ग्राहकहरूले कार्तिक २७ गते (नोभेम्बर 13) सम्म टाटा जेन्युइन पार्ट्स खरिद गरी लक्की ड्रमा...
ग्लोबल आइएमई बैंक र नास–आईटीबिच अन्तरक्रिया कार्यक्रम, डिजिटल बैंकिङ्ग सेवा, कर्जा तथा व्यवसाय विस्तारसम्बन्धी छलफल

ग्लोबल आइएमई बैंक र नास–आईटीबिच अन्तरक्रिया कार्यक्रम, डिजिटल बैंकिङ्ग सेवा, कर्जा तथा व्यवसाय विस्तारसम्बन्धी छलफल

कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकले विभिन्न पेसा तथा व्यवसायसँग आबद्ध समूह लक्षित गरी आफ्नो व्यवसाय विस्तारका लागि यस्ता अन्तरकृयात्मक कार्यक्रमहरु संचालन गरिरहेको जानकारी दिए...
यी ४ उद्योगले तिरे डेडिकेटेड तथा ट्रङ्क लाइनको पहिलो किस्ता

यी ४ उद्योगले तिरे डेडिकेटेड तथा ट्रङ्क लाइनको पहिलो किस्ता

भैरहवा क्षेत्रमा सञ्चालित पञ्चकन्या प्लाष्टिक उद्योग, पञ्चकन्या स्टिल इण्डष्ट्रिज, सिद्धार्थ पेटप्लान्ट र प्लास्टिकले बक्यौताको पहिलो किस्तावापतको रकम तिरेका प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए । उनका अनुसार...

भर्खरै