नेभिगेशन
समाज

हिमालयलाई विशेष जलवायु तथा विपद् जोखिम क्षेत्रको अन्तर्राष्ट्रिय मान्यता दिलाउन पहल गरौँ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले हिमालयलाई विशेष जलवायु तथा विपद् जोखिम क्षेत्रका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन पहल गर्नुपर्ने प्रस्ताव राखेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रतिनिधि सभा बैठकमा बुधबार बोल्दै लामिछानेले हिमालय संरक्षण तथा जलवायु अनुकूलनका लागि अन्तर्राष्ट्रिय जलवायु कोषबाट विशेष र सहज वित्तीय पहुँच सुनिश्चित गर्नुपर्ने बताए।

Ncell
Extreme Energy

उनले दक्षिण–दक्षिण सहकार्यअन्तर्गत हिमालयसम्बन्धी वैज्ञानिक अनुसन्धान र तथ्यांक आदानप्रदानलाई अघि बढाउनुपर्नेमा जोड दिए। साथै, सीमा पार हुने प्रारम्भिक चेतावनी तथा विपद् पूर्वसूचना प्रणालीको विकास गर्नुपर्ने उनको भनाइ थियो।

हिमाली समुदायको जीवन, जीविकोपार्जन र सुरक्षित भविष्यको संरक्षणका साथै जलवायुजन्य हानि तथा क्षतिको सम्बोधनका लागि जलवायुजन्य हानि तथा क्षति सम्बोधन कोषबाट न्यायोचित अन्तर्राष्ट्रिय सहयोग सुनिश्चित गर्न पहल गर्नुपर्ने उनले बताए।

यी विषय समेटेर संघीय संसद्का दुवै सदनबाट ‘हिमाली जलवायु तथा विपद् आपत्काल’ सम्बन्धी विशेष संसदीय प्रस्ताव पारित गरी अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्नुपर्ने लामिछानेको प्रस्ताव छ।

‘जलवायु परिवर्तन हाम्रा नागरिकका लागि जीवन र मरणको विषय बनेको छ,’ उनले भने।

पछिल्ला विनाशकारी हिमपहिरोले वनमा रहेको कार्बन भण्डारजस्तै पर्वतीय हिउँलाई पनि महत्वपूर्ण प्राकृतिक सम्पत्तिका रूपमा मान्यता दिनुपर्ने आवश्यकता उजागर गरेको लामिछानेले बताए।

उनका अनुसार हिमनदीहरू अमूल्य ताजा पानीका भण्डार हुन्। तिनले पारिस्थितिक प्रणालीसँगै तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने लाखौँ मानिसको जीवनयापन धानिरहेका छन्।

‘यद्यपि, विश्वव्यापी आर्थिक तथा जलवायु लेखाप्रणालीमा यिनीहरू अझै पनि उपेक्षित छन्,’ उनले भने।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चोटमा मानिसले भगवानलाई त सराप्छ भने, यो सरकार के हो ? रास्वपा के हो ?– रवि लामिछाने

चोटमा मानिसले भगवानलाई त सराप्छ भने, यो सरकार के हो ? रास्वपा के हो ?– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्मा आफन्त गुमाएका तथा बेपत्ता भएका नागरिकले राज्यप्रति आक्रोश पोख्नु स्वाभाविक भएको बताएका छन्।
रुँदै गरेका नागरिकलाई होच्याउने कुनै अन्धसमर्थक रास्वपालाई चाहिँदैन– रवि लामिछाने

रुँदै गरेका नागरिकलाई होच्याउने कुनै अन्धसमर्थक रास्वपालाई चाहिँदैन– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्मा परेका नागरिकलाई होच्याउने, सामाजिक सञ्जालमा तुच्छ टिप्पणी गर्ने र साइबर बुलिङ गर्ने व्यक्तिका लागि पार्टीमा कुनै स्थान नरहेको बताएका...
संसदमा सभापति रवि लामिछानेले के भने ? (पूर्ण पाठ)

संसदमा सभापति रवि लामिछानेले के भने ? (पूर्ण पाठ)

यति ठूलो संकट र ठूलो क्षति बेहोर्दा पनि प्रभावित क्षेत्रका नागरिकहरूले एकअर्काको हात समातेर, एकअर्कालाई सम्हालेर उभिनुभयो । आफैं रोइरहेको मानिसले छिमेकीको आँसु पुछ्यो, आफ्नै परिवार गुमाएको मानिसले...
यो पटक पनि यही भग्नावशेषबाट हामी फेरि उठ्नेछौँ र सबै पीडित र प्रभावितका आँसु पुछ्नेछौँ– रवि लामिछाने

यो पटक पनि यही भग्नावशेषबाट हामी फेरि उठ्नेछौँ र सबै पीडित र प्रभावितका आँसु पुछ्नेछौँ– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपालले जलवायु संकट र त्यसबाट भइरहेको क्षतिबारे विश्व समुदायलाई तथ्यसहित बुझाउन प्रभावकारी जलवायु कूटनीति अघि बढाउनुपर्ने बताएका छन्।

भर्खरै