नेभिगेशन
समाज

रुँदै गरेका नागरिकलाई होच्याउने कुनै अन्धसमर्थक रास्वपालाई चाहिँदैन– रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्मा परेका नागरिकलाई होच्याउने, सामाजिक सञ्जालमा तुच्छ टिप्पणी गर्ने र साइबर बुलिङ गर्ने व्यक्तिका लागि पार्टीमा कुनै स्थान नरहेको बताएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रतिनिधिसभाको बुधबारको बैठकमा सम्बोधन गर्दै लामिछानेले विपद्मा रुँदै गरेका नागरिकको पक्षमा उभिने र उनीहरूको आँसु पुछ्ने सदस्य रास्वपालाई आवश्यक रहेको बताए।

Ncell
Extreme Energy

'राष्ट्रिय स्वतन्त्र पार्टीलाई विपद्मा रुँदै गरेका नागरिकलाई होच्याउने कुनै अन्धसमर्थक चाहिएकै छैन। हामीलाई त शोक र पीडामा परेका भुइँमान्छेको पक्षमा उभिने र उनीहरूको आँसु पुछ्ने सदस्यहरू चाहिएको छ,' उनले भने।

नागरिकको चित्कार र आक्रोशलाई गलत व्याख्या गर्ने, सामाजिक सञ्जालको आडमा ओठे जवाफ फर्काउने तथा साइबर बुलिङ गर्ने छुट कसैलाई नरहेको उनले बताए।

रास्वपाको कुनै पनि तहको सदस्य वा पदाधिकारी विपद्मा परेका नागरिकमाथि सामाजिक सञ्जालमा तुच्छ टिप्पणी गर्ने वा साइबर बुलिङमा संलग्न भएको पाइए साधारण सदस्यसमेत नरहने गरी तत्काल पार्टीबाट निष्कासन गरिने उनले चेतावनी दिए।

'विपद्मा परेका आफ्ना नागरिकको चित्कार सुन्न नसक्ने र उनीहरूको घाउमा नुनचुक छर्किने हृदयहीनहरूका लागि रास्वपामा कुनै स्थान छैन,' लामिछानेले भने।

भयानक विपद् र विध्वंसको सामना गरिरहेका बेला को सत्तापक्ष र को प्रतिपक्ष भनेर छुट्याउन नहुने उनले बताए। प्रकृतिको प्रहारले कुनै पार्टीको समर्थक भनेर छानेर नहिर्काउने भन्दै उनले उद्धार र राहतलाई दलगत सीमाभन्दा माथि उठाएर राष्ट्रिय दायित्व बनाउनुपर्नेमा जोड दिए।

महाविपद्को समयमा सम्पूर्ण राजनीतिक दल र नेतृत्वले देखाएको परिपक्वता सकारात्मक रहेको उनले बताए। सर्वदलीय संवाद र अभ्यासमार्फत विपद्का बेला नागरिक हितका लागि एउटै मोर्चामा उभिने नेपालीको पहिचान पुनः स्थापित भएको उनको भनाइ छ।

संकटको समयमा देखिएको राष्ट्रिय एकतालाई कुनै पनि हालतमा टुट्न दिन नहुने उनले बताए। विपक्षी दलका नेताहरूले ‘विपत्तिका समयमा हामी सरकारको साथमा छौँ’ भनेर गरेको उद्घोषलाई उनले ठूलो प्रतिबद्धता र परिपक्व राजनीतिक संस्कारको संज्ञा दिए।

लामिछानेले रसुवामा भएको प्राकृतिक विपद्को १५औँ दिनसम्म आफू प्रभावित क्षेत्रमा नगएको विषय पनि सम्बोधन गरे।

विगतमा विपद्का बेला पीडितको घरदैलोमा पुग्ने गरेको स्मरण गर्दै उनले अहिलेको जिम्मेवारीका कारण प्रभावित क्षेत्रमा जान रोकिएको बताए।

'एउटा मनले भन्छ, ‘तँ जा ! त्यो अकल्पनीय विपद्मा रोइरहेका नागरिकको आँगनमा पुग्, सेल्टरमा बस्, उद्धार र राहतमा काँध थाप र नजिकबाट नियाल्,’' उनले भने, 'तर आज म जुन जिम्मेवारीमा छु, त्यसको बोध गर्दै म रोकिएको छु।'

आफ्नो दायित्व भावनाको भेलमा बगेर एक्लै दौडिनुभन्दा समग्र राज्य संयन्त्र, दलीय संरचना र सिंगो समाजलाई एकढिक्का बनाएर विपद्को मैदानमा प्रभावकारी रूपमा परिचालन गर्नु रहेको उनले बताए।

सरकारको कामकारबाहीको लय नबिग्रियोस् भनेर आफू प्रभावित क्षेत्रमा नगएको भन्दै उनले अहिले व्यक्ति होइन, संस्था बलियो हुनुपर्ने पक्षमा आफू उभिएको बताए।

यद्यपि, केही दिनमा सामान्य ढंगले विपद्मा परेका नागरिकको पीडा सुन्न प्रभावित क्षेत्रमा जाने सोचमा रहेको उनले बताए। वृद्धवृद्धा तथा आपतमा परेका नागरिकले आफू प्रभावित क्षेत्रमा आइदिए हुन्थ्यो भन्ने चाहना राखेको जानकारी पाएको भन्दै उनले आफ्नो उपस्थितिले उद्धार कार्यमा बाधा नपर्ने गरी जाने बताए।

लामिछानेले सरकारका प्रयासमाथि प्रश्न गर्न नहुने वा कमजोरी औँल्याउन नहुने पक्षमा आफू नरहेको स्पष्ट पारे।

'प्रतिपक्षको रचनात्मक आलोचना लोकतन्त्रमा अधिकार मात्र होइन, कर्तव्य पनि हो,' उनले भने, 'सरकारमाथि प्रश्न गरौँ, जवाफदेहिता मागौँ, कमजोरी सच्याउन दबाब दिऔँ। तर राष्ट्रिय पीडालाई राजनीतिक हतियार बनाउने छुट हामी कसैलाई छैन।'

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चोटमा मानिसले भगवानलाई त सराप्छ भने, यो सरकार के हो ? रास्वपा के हो ?– रवि लामिछाने

चोटमा मानिसले भगवानलाई त सराप्छ भने, यो सरकार के हो ? रास्वपा के हो ?– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्मा आफन्त गुमाएका तथा बेपत्ता भएका नागरिकले राज्यप्रति आक्रोश पोख्नु स्वाभाविक भएको बताएका छन्।
संसदमा सभापति रवि लामिछानेले के भने ? (पूर्ण पाठ)

संसदमा सभापति रवि लामिछानेले के भने ? (पूर्ण पाठ)

यति ठूलो संकट र ठूलो क्षति बेहोर्दा पनि प्रभावित क्षेत्रका नागरिकहरूले एकअर्काको हात समातेर, एकअर्कालाई सम्हालेर उभिनुभयो । आफैं रोइरहेको मानिसले छिमेकीको आँसु पुछ्यो, आफ्नै परिवार गुमाएको मानिसले...
यो पटक पनि यही भग्नावशेषबाट हामी फेरि उठ्नेछौँ र सबै पीडित र प्रभावितका आँसु पुछ्नेछौँ– रवि लामिछाने

यो पटक पनि यही भग्नावशेषबाट हामी फेरि उठ्नेछौँ र सबै पीडित र प्रभावितका आँसु पुछ्नेछौँ– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपालले जलवायु संकट र त्यसबाट भइरहेको क्षतिबारे विश्व समुदायलाई तथ्यसहित बुझाउन प्रभावकारी जलवायु कूटनीति अघि बढाउनुपर्ने बताएका छन्।

भर्खरै