नेभिगेशन
समाज

वैशाख २८ मा संसद् अधिवेशन बोलाउन सिफारिस

काठमाडौंँ । सरकारले संघीय संसद्का दुवै सदनको अधिवेशन वैशाख २८ गते बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले वैशाख २८ गते दिनको २ बजे संसद् बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सरकारका प्रवक्ता सस्मित पोखरेलले आजको बैठकले संसद् अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय मात्रै गरेको जानकारी दिए ।

Ncell
Extreme Energy

यसअघि सरकारले वैशाख १७ गते दुवै सदनको अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो र सोही अनुसार राष्ट्रपतिले संसद् अधिवेशन आह्वान गरेका थिए । तर, सरकारले नै अधिवेशन स्थगन गर्न सिफारिस गरेपछि राष्ट्रपतिले आह्वान भइसकेको अधिवेशन स्थगन गरेका थिए ।

अधिवेशन स्थगन भएपछि सरकारले संवैधानिक परिषद् सम्बन्धीसहित ८ वटा अध्यादेश ल्याएको छ । पछिल्लो पटक आज मात्रै राष्ट्रपतिले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गोकर्णेश्वर नगरपालिका १, शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने धाप बाँध (ड्याम) सुरक्षित रहेको जनाएको छ ।
प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश फर्किएका छन् ।
मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई खाना र शौचालयको सास्ती (तस्बिर)

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई खाना र शौचालयको सास्ती (तस्बिर)

काठमाडौँ जोड्ने पृथ्वी राजमार्ग अवरुद्ध भएपछि चितवनको नारायणगढ बाइपास, आँपटारी, रामनगर, जुगेडी, मुग्लिन, फिसलिङ र कुरिनटारलगायत क्षेत्रमा मालवाहक गाडीहरूको लामो लाइन लागेको छ । सडक किनारमा गाडी रोकेर...
मुख्य नाकामा सडक भासिएपछि स्थलमार्गबाट सोलुखुम्बुमा आवागमन बन्द

मुख्य नाकामा सडक भासिएपछि स्थलमार्गबाट सोलुखुम्बुमा आवागमन बन्द

सडक भासिएसँगै सोलुखुम्बुबाट काठमाडौँ तथा कोशी प्रदेशको राजधानी विराटनगरतर्फ जाने र ती क्षेत्रबाट सोलुखुम्बु भित्रिने यातायात सेवा प्रभावित भएका प्रमुख जिल्ला अधिकारी कमानसिंह थापामगरले जानकारी दिए । उनका...

भर्खरै