नेभिगेशन
समाज

काठमाडौँमा दिनदहाडै पेस्तोल देखाएर लुट्ने ३ जना प्रहरीको फन्दामा

काठमाडौँ । काठमाडौँको सबैभन्दा व्यस्त ठाउँ इन्द्रचोक तथा न्यूरोडमा पेस्तोल देखाएर दिउँसै लुट्ने लुटेराहरु प्रहरीको फन्दामा परेका छन् । पक्राउ पर्नेमा भक्तपुरको ठिमी नगरपालिका–९ बोडे बस्ने ३० वर्षीय विकेश राजवाहक, काठमाडौं डल्लु बस्ने ३४ वर्षीय अरुण भुजेल र ललितपुरको महालक्ष्मी नगरपालिका–६ घर भएका हरिकृष्ण महर्जन रहेका छन् । 

उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनीहरुले १७ वैशाखमा इन्द्रचोकको गहना पसलमा पेस्तोल देखाएर लुट्ने प्रयास गरेका थिए । उक्त भिडियो सामाजिक सञ्जालमा समेत भाइरल छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनीहरुले यसअघि पनि न्यूरोडको एक पसलमा लुटपाट गरेको खुलेको छ । गत पुस २१ गते मांसान गल्लीमा रहेको होलसेल पसलमा पेस्ताल ताक्दै २ तोलाको सुनको सिक्री, नगद ४ लाख, २ थान मोबाइल र सीसीक्यामेरा समेत लुटेर लगेको पाइएको प्रहरीले जनाएको छ । 

Ncell
Extreme Energy

प्रहरीले उनीहरुको साथबाट पेस्तोल, म्यागजिन, गोली लगायत लुटपाटमा प्रयोग भएका सामग्रीहरु बरामद गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

नेपालले महासभाका क्रममा ‘सगरमाथा टु सी’ नामक साइड इभेन्ट आयोजना गर्दैछ। उक्त कार्यक्रममा जलवायु परिवर्तन, हिमाली क्षेत्रमा परेको प्रभाव तथा जलवायुजन्य विपद्का कारण सिर्जित चुनौतीबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण...
बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

तर, प्रधानमन्त्री बालेन शाहको पहिलो विदेश भ्रमण, त्यो पनि संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिकातर्फ प्रस्थान गर्दैगर्दा एयरपोर्टमा यस्तो कुनै तामझाम देखिएन, बिदाइ गर्न जानेहरुको लावालस्कर देखिएन ।...
नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

बुधबार बसेको पार्टी केन्द्रीय कार्य संयोजन समितिको बैठकले देव गुरुङको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिमा प्रकाश ज्वाला र गङ्गानारायण श्रेष्ठ सदस्य छन्।
एमाले बैठकमा आज क-कसले बोले ?

एमाले बैठकमा आज क-कसले बोले ?

केन्द्रीय सदस्यहरूले बैठकमा पार्टीका विभिन्न विषयमा आफ्ना धारणा तथा सुझाव राखेका थिए।