नेभिगेशन
समाज

प्रधानमन्त्रीद्वारा संवैधानिक परिषद्को बैठक आह्वान

बैठकको मुख्य कार्यसूची ‘प्रधानन्यायाधीशको नियुक्ति सिफारिस’

काठमाडौँ ।  सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक आह्वान गरिएको छ।

संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री बालेन शाहको निर्देशनमा परिषद् सचिवालयले भोलि बिहीबारका लागि परिषद्को बैठक बोलाएको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संवैधानिक परिषद्को सचिवालयले बुधबार जारी गरेको पत्रअनुसार बैठक २०८३ वैशाख २४ गते बिहीबार अपराह्न ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ। बैठकको मुख्य कार्यसूची ‘प्रधानन्यायाधीशको नियुक्ति सिफारिस’ रहेको छ।

Ncell
Extreme Energy

बैठकमा सहभागी हुनका लागि सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, प्रतिनिधि सभामा विपक्षी दलका नेता भीमराज आङ्देम्बे र प्रतिनिधि सभाकी उपसभामुख रुवी कुमारीलाई आमन्त्रण गरिएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।

राष्ट्रपति रामचनद्र पौडेलले सरकारको सिफारिसमा हिजो संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेपछि परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री बालेनले परिषद्को बैठक बोलाएका हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राजा ज्ञानेन्द्रले सकेनन्, अरूले सक्छ यहाँ? : देउवा

राजा ज्ञानेन्द्रले सकेनन्, अरूले सक्छ यहाँ? : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूविरुद्ध भइरहेका कानुनी कारबाही र पक्राउको प्रयासप्रति प्रश्न उठाउँदै पूर्वराजा ज्ञानेन्द्रले समेत आफूलाई जेलमा राख्न नसकेको भन्दै ‘राजा ज्ञानेन्द्रले सकेन, अरूले सक्छ यहाँ?’...
आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँः अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँः अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

‘विगतदेखि नै हामीले देखिरहेका छौँ। ऋण लिएर ऋण र त्यसको ब्याज तिरिरहेका छौँ। नियमित र अत्यावश्यक राज्यको दायित्व साढे १३ सय अर्ब छ। सरकारको आम्दानी १२ सय ५०...
युवा पुस्तालाई परराष्ट्र नीतिको केन्द्रमा जोड्दै  मन्त्री खनाल

युवा पुस्तालाई परराष्ट्र नीतिको केन्द्रमा जोड्दै मन्त्री खनाल

नेपालको परराष्ट्र नीति दीर्घकालीन राष्ट्रिय हितमा आधारित रहेको छ । मन्त्रालयले बदलिँदो अन्तरराष्ट्रिय परिवेशमा नेपालको कूटनीतिक संलग्नताको गुणस्तर र पहुँचलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याउँदै आएको छ ।
त्रिभुवन बिमानस्थलको भन्सार जाँचपास प्रणालीलाई स्वचालित बनाउन अर्थ समितिको निर्देशन

त्रिभुवन बिमानस्थलको भन्सार जाँचपास प्रणालीलाई स्वचालित बनाउन अर्थ समितिको निर्देशन

बैठकले अन्तराष्ट्रिय बिमानस्थलभित्र रहेका सम्पूर्ण पसलहरुमा बिल बीजक जारी गर्ने व्यवस्था लागू गर्न समेत निर्देशन दिएको छ भने अन्तर्राष्ट्रिय विमानस्थलभित्र अध्यागमन र भन्सार कार्यालयको परिसर साँघुरो भएकाले त्यसको...