नेभिगेशन
समाज

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । बुधबार नेप्से परिसूचक एक दशमलव ६४ अङ्कले घटेर दुई हजार ७११ दशमलव २२ बिन्दुमा कायम भएको हो ।

बुधबार ३३६ कम्पनीको ७१ लाख ३१ हजार ५५७ कित्ता शेयर ४७ हजार ८४१ पटक खरिद बिक्री हुँदा रु तीन अर्ब १९ करोड ७७ लाख ६६ हजार ७७९ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबारको कारोबारमा बैंकिङ शून्य दशमलव १६, वित्त शून्य दशमलव १९, होटल तथा पर्यटन शून्य दशमलव २२, लगानी शून्य दशमलव ४०, लघुवित्त शून्य दशमलव ४८, म्युचुअल फन्ड शून्य दशमलव ८०, निर्जीवन बिमा शून्य दशमलव १९ र अन्य समूह शून्य दशमलव ०३ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ ।

Ncell
Extreme Energy

विकास बैंक शून्य दशमलव ५१, जलविद्युत् शून्य दशमलव ४३, जीवन बिमा शून्य दशमलव ३२ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ५६ प्रतिशतले घटेको छ । बुधबारको कारोबारमा फरवार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै १३ दशमलव ७४ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य आठ दशमलव ९० प्रतिशतले घटेको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने

बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार ती दिनमा वर्षा र हिमपातको सम्भावना रहेकाले सम्भावित विपद् र न्यूनीकरणका लागि जिल्ला...
मुग्लिङ–पोखरा सडकखण्डका विभिन्न स्थानमा पहिरो, यातायात प्रभावित

मुग्लिङ–पोखरा सडकखण्डका विभिन्न स्थानमा पहिरो, यातायात प्रभावित

मुग्लिङ–पोखरा सडकखण्डका विभिन्न स्थानमा पहिरो झरेपछि कतिपय ठाउँमा एकतर्फी मार्गलाई नै दुईतर्फी बनाएर सवारी सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा

आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ ।
एडिबीले बाढीपछिको वैज्ञानिक तथा प्राविधिक अध्ययनमा सघाउने

एडिबीले बाढीपछिको वैज्ञानिक तथा प्राविधिक अध्ययनमा सघाउने

एसियाली विकास बैंक (एडीबी)का नेपाल राष्ट्रिय निर्देशक आर्नो कोशवाले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठसँग भेट गरेका छन् ।