नेभिगेशन
समाज

गाजामा भोकमरी र विस्थापनको सङ्कट गहिरिँदै

संयुक्त राष्ट्रसङ्घको मानवीय सहायता समन्वय निकायका अनुसार गाजामा रहेका २१ लाख मानिसहरू अहिले पनि गाजा क्षेत्रको आधाभन्दा कम भूभागमा सीमित भएर बस्न बाध्य छन् ।

संयुक्त राष्ट्रसङ्घले जनाएको अनुसार मानिसहरूले गाजाका धेरै भागहरूमा पहुँच पाउन सकेका छैनन्, जहाँ खेतीयोग्य जमिन र अत्यावश्यक पूर्वाधारहरू रहेका छन् । उनीहरू विदेश जान वा विशेष स्वास्थ्य सेवा उपलब्ध हुने पश्चिमी किनारा क्षेत्रमा पुग्न समेत असमर्थ छन् । मानवीय सहायता निकायहरूले कठिन परिस्थितिका बीच पनि राहत वितरण जारी राखेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गत साता करिब ५ हजार ओछ्यान सामग्री, ६ सय शय्या सामग्री किट, १ हजार ५ सयभन्दा बढी अस्थायी आवास सामग्री र झण्डै ५५० वटा पाल चार हजार चार सयभन्दा बढी परिवारलाई वितरण गरिएको बताइएको छ । खाद्य सुरक्षासम्बन्धी साझेदार संस्थाहरूले दैनिक ११ लाखभन्दा बढी खाना १२० भन्दा बढी सामुदायिक भान्सामार्फत उपलब्ध गराइरहेका छन् । तर पनि गाजामा भोकमरीको समस्या अझै गम्भीर रहेको बताइएको छ ।

Ncell
Extreme Energy

संयुक्त राष्ट्रसङ्घको खाद्य सहायता निकायका अनुसार धेरै परिवार अझै खाद्य सहायतामै निर्भर छन्, किनभने ताजा खाद्यान्न अत्यन्त महँगो छ । प्रत्येक पाँचमध्ये एक परिवारले दिनमा केवल एकपटक मात्र खाना खाने गरेको जनाइएको छ । खाना पकाउने ग्यासको अभावका कारण करिब ७० प्रतिशत परिवारले फोहोर जलाएर वा असुरक्षित तरिकाबाट खाना पकाउन बाध्य भएको बताइएको छ ।

त्यस्तै, पश्चिमी किनारा क्षेत्रमा पनि बस्ती विस्थापनको समस्या जारी छ। बसोबास गर्ने समुदायमाथि आक्रमण र धम्की बढेपछि पछिल्लो एक सातामा ३० भन्दा बढी मानिस विस्थापित भएका छन् । सन् २०२३ यता पश्चिमी किनारा क्षेत्रमा हिंसाका कारण ५ हजार ९ सयभन्दा बढी प्यालेस्टिनी विस्थापित भइसकेका छन्, जसमा यस वर्ष मात्रै करिब २ हजार जना रहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

बुधबार मध्यराति, सुत्केरी ब्यथाले च्यापिसकेपछि आफ्नै पति र दुई आफन्तसहित अस्पताल पुगेकी एक महिलाले अस्पतालमा भर्ना नपाएर सडकमै बच्चा जन्माउनु परेको खबर जब सार्वजनिक भयो, त्यसले आफूलाई सभ्य...
रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

बाढीका कारण उक्त क्षेत्रमा प्रभावित १६ हजार ११० घरधुरीमा रहेका ६४ हजार ३३५ जना छन् । “प्रत्यक्ष रूपमा बाढीका कारण सात हजार ५७०, आठ हजार ३१७ घरधुरी र...
नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योग मन्त्री साहले बिहीबार नै शितल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

विनाशकारी भोटेकोशी बाढीको तत्काल सम्बोधनका लागि नेपालले यही भदौ १५ गते लेखेको पत्रको जवाफ कोषले आज अर्थमन्त्री डा स्वर्णिम वाग्ले र कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीलाई सम्बोधन...