नेभिगेशन
समाज

सुदन किराँती हर्क साम्पाङको श्रम संस्कृति पार्टीमा प्रवेश

काठमाडौँ । पूर्वमन्त्री सुदन किराँती हर्क साम्पाङको श्रम संस्कृति पार्टी प्रवेश गरेका छन् । 

किराँती निकट नेताका अनुसार औपचारिकरुपमा आज दिउँसो ३ बजे बागबजारमा पार्टी प्रवेशको घोषणा हुँदै छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

स्रोतका अनुसार किराँती श्रम संस्कृति पार्टीको दोस्रो तहको वरिष्ठ नेताकारुपमा पार्टी प्रवेश गर्दै छन् ।

Ncell
Extreme Energy

साथै उनलाई प्रदेश सभा निर्वाचनपछि कोशीको मुख्यमन्त्री बनाउने गरी सहमति गरिएको छ । 

राजनीतिक विचारधारा, पहिचान लगायतका मुद्दामा सहमति भएपछि किराँती श्रम संस्कृति प्रवेश गर्न लागेका हुन् । 

किराँती पूर्वमाओवादी नेता हुन । उनी प्रचण्ड नेतृत्वको सरकारमा पर्यटन मन्त्री समेत बनेका थिए ।

उनी जनार्दन शर्मासँगै माओवादीबाट निस्किएर प्रगतिशील लोकतान्त्रिक पार्टीमा घोषणा गरेका थिए । गत निर्वाचन उनले श्रम संस्कृति पार्टीका  अध्यक्ष हर्क साम्पाङलाई सहयोग गरेका थिए ।

आफू भने उम्मेदवार बनेका थिएनन् । फागुन २१ को चुनावको नतिजासँगै प्रलोपाको भविष्य नै संकटमा देखिएपछि किराँतीले अध्यक्ष परिषद्बाट राजीनामा दिएका थिएका थिए ।

गत १२ चैतमा दुई नेता मिलेर दुवै पक्षको वार्ता टोली नै गठन गरी एकताको प्रक्रिया अघि बढाएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मौसमविद् भन्छन्– गण्डकीदेखि सुदूरपश्चिसम्म अझै ठूलो वर्षाको जोखिम छ

मौसमविद् भन्छन्– गण्डकीदेखि सुदूरपश्चिसम्म अझै ठूलो वर्षाको जोखिम छ

काठमाडौंमा लगातार सिमसिमे झरी परिरहेको छ। लगातारको झरीका कारण काठमाडौं उपत्यकाको बागमती जलाधारअन्तर्गतका नदी, खोलाको सतह बढेका छन्।
बल्खु, कलंकी, नागढुंगामा रोकिए गाडी (तस्बिरहरू)

बल्खु, कलंकी, नागढुंगामा रोकिए गाडी (तस्बिरहरू)

लगातारको वर्षासँगै सम्भावित जोखिमलाई ध्यान दिँदै काठमाडौँ उपत्यकाबाट बाहिरिने सवारीसाधन बल्खु, कलंकी र नागढुंगामा होल्ड गरिएको छ।
आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

“हाल न्यून चापीय प्रणाली भारतको छत्तीसगढ र आसपासको क्षेत्रमा अवस्थित रहेको र क्रमशः नेपालतर्फ सर्दै जाने र त्यसको प्रभाव आजदेखि पश्चिमी भूभागतर्फ सर्दै जानेछ,” मौसमविद् लामिछानेले भने, “आज...
काठमाडौँका नदी तटीय क्षेत्र जोखिममा

काठमाडौँका नदी तटीय क्षेत्र जोखिममा

हिजोदेखिको निरन्तर वर्षाका कारण काठमाडौँ उपत्यकाका अधिकांश नदी तथा खोलामा पानीको बहावले खतराको तह पार गरेको छ ।