नेभिगेशन
समाज

खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव आयोजना हुँदै

काठमाडौँ । खोटाङको केपिलासगढी गाउँपालिकामा आगामी जेठ पहिलो साता ‘हनी हन्टिङ’ महोत्सव आयोजना हुने भएको छ ।

लोपोन्मुख अवस्थामा पुगेका भीर मौरीलाई संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कोशी प्रदेश सरकार, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँगको समन्वयमा गाउँपालिकाले जेठ ८ गते फेदीमा महोत्सव आयोजना गर्न लागेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल सरकारले निर्धारण गरेको १०० वटा पर्यटकीय गन्तव्यमा पर्ने ‘मुन्दुम ट्रेल’सँग जोडिएको फेदीमा आयोजना हुने महोत्सवले भीर मौरीलाई संरक्षण तथा पर्यटन प्रवर्द्धनमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको गाउँपालिका प्रमुख समीर राईले बताए।

Ncell
Extreme Energy

“गाउँपालिकाका धेरै भीरमा मौरी पाइन्छन्, लोपोन्मुख अवस्थामा रहेको भीर मौरीलाई संरक्षण गर्दै पर्यटनसँग जोड्न यस वर्ष प्रदेश सरकारसँगको समन्वयमा ‘हनी हन्टिङ’ महोत्सव आयोजना गरिएको छ”, उनले भने, “महोत्सवमा स्थानीय समुदायले उपभोग गर्दै आएका रैथाने खाना प्रयोग गरिन्छ । फेदीको तेरावा क्षेत्रमा आयोजना गरिएको महोत्सवमा जैविक विविधतासँग सम्बन्धित विभिन्न क्षेत्रका व्यक्तित्वका साथै आन्तरिक तथा पर्यटकको सहभागिता रहनेछ ।”

जिल्लाको उत्तरी क्षेत्रका पर्ने उक्त केपिलासगढी गाउँपालिका–१ फेदीका सामुदायिक वन क्षेत्रमा रहेको एक दर्जनभन्दा बढी भीरहरूमा वर्षौँदेखि भीर मौरी बस्ने गरेको पाइएको छ  ।

स्थानीय फुङ्गालुङ सामुदायिक वनको रिप्दौलाको कुहिरे छाँगाभीर, चिलिम लाहुरे सामुदायिक वनको माखाम्लास्थित महभीर झरना, तेरावास्थित तेरावाभीर लगायतका भीरहरुमा वर्षौँ अघिदेखि भीर मौरी बस्दै आएको तेरावाका स्थानीय लक्ष्मण साम्पाङले बताए।

फेदीका स्थानीयले उँभौलीको समयमा जेठ–असार तथा उँधौलीको समयमा कातिक–मङ्सिर महिना गरी वर्षमा दुईपटक भीर मौरीको मह सिकार गर्ने गर्दै आएका छन् । एक याममा एउटै भीरबाट कम्तीमा पनि रु पाँच लाखदेखि रु सात लाखसम्मको मह सिकार हुने गरेको स्थानीय मह सिकारीहरुले बताएका छन् ।

फेदीमा पुस्तौँदेखि किरात संस्कारका रुपमा भीर मौरीको मह सिकार गर्दै आइएको स्थानीय मह सिकारी हस्तराम राईले बताए । “मैले विसं २०३५ देखि यो पेसा सुरु गरेको हुँ, अहिले युवा पुस्ता यसमा आकर्षित भएका छन्”, उनले भने, “उनीहरुलाई हामीले नै सिकायौँ । युवा पुस्ता पेसेवर बन्दा आफूहरुलाई खुसी लागेको छ ।”

मालिङ्गाको चोया प्रयोग गरेर बाटिएको डोरीबाट बनेको पर्‍याङ, गादा (सेफ्टी), सुता, छपनी र डालो, मालिङ्गोकै दाबिलो, तसुरोलगायतका सामग्रीको सहयोगमा परम्परागतरुपमा भीर मौरीको मह सिकार गरिन्छ  । पर्‍याङको माध्यमबाट चढ्ने, सुताको माध्यमबाट डालो, तसुरो र दाबिलो प्रयोग गरेर मह निकल्ने गरिन्छ ।

स्थानीय भाषामा भीरमा गएर मह निकाल्नेलाई पर्‍याङ्गे भनिन्छ भने सुताको माध्यमबाट पर्‍याङ, दाबिलो, जोतारो, डालोजस्ता सामग्री मह निकाल्ने पर्‍याङेसम्म पुर्‍याउनेलाई सुतारे भनिन्छ । पर्‍याङ्गेले भीरबाट निकालेको मह छान्ने, भाँडामा खन्याउने, धूवाँ लगाउनेलगायत अन्य व्यक्तिलाई सहयोगी भनिन्छ ।

भीर मौरीको मह सिकार गर्ने दिन फेदीस्थित तेरावा, माखाम्ला, पिपिङलगायतका क्षेत्रमा बसोवास गर्दै आएका स्थानीय बासिन्दा आ–आफ्नो घरबाट जाँड, रक्सी, खाजालगायत लिएर उत्सवको रुपमा रमाइलो गर्न भेला हुने गरेका छन् ।

फेदीमा उत्पादित भीर मौरीको मह जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार, धरान, विराटनगर, काठमाडौँका साथै बेलायत, हङकङ, सिङ्गापुरलगायतका देशहरुमा निर्यात हुने गरेको छ । फेदीका किरात राई (साम्पाङ)समुदायले भीर मौरीको मह सिकार गर्ने प्रचलनलाई आफ्नो परम्परागत संस्कारसँगसमेत जोड्ने गरेका छन् ।

उनीहरुले भीरमा गएर गरेको महको सिकार घरमा ल्याएर आफ्नो तीन चुल्हा अर्थात पितृ (दिबङ्गत भएका व्यक्ति)लाई चढाएपछि मात्र प्रसादको रुपमा ग्रहण गर्ने गरेका छन् । भीर मौरीले जडीबुटीजन्य फूलहरूबाट मह बनाउने भएकाले भीर मौरीको महलाई औषधीय गुण भएको मह मानिन्छ । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
डाछीमा ईभी माइक्रोको ठक्करबाट पैदलयात्रीको मृत्यु, सडक अवरुद्ध

डाछीमा ईभी माइक्रोको ठक्करबाट पैदलयात्रीको मृत्यु, सडक अवरुद्ध

बा.प्र.०१–००२ ज ९५८८ नम्बरको ईभी माइक्रोले पैदल हिँडिरहेका स्थानीय ७० वर्षीय शंखर प्रसाद कुइँकेललाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका कुइँकेलको उपचारका क्रममा शंखरापुर अस्पताल, नारायणटारमा...
जापानिज इन्सेफ्लाइटिसबाट झापामा पाँच जनाको मृत्यु

जापानिज इन्सेफ्लाइटिसबाट झापामा पाँच जनाको मृत्यु

जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट झापामा पछिल्लो चार महिनामा पाँच जनाको मृत्यु भएको छ ।
बचत फिर्तालाई प्राथमिकता दिँदै प्राधिकरण, १० सहकारीका थप १९७ पीडितले फिर्ता पाए रकम

बचत फिर्तालाई प्राथमिकता दिँदै प्राधिकरण, १० सहकारीका थप १९७ पीडितले फिर्ता पाए रकम

प्राधिकरणको विवरणअनुसार ब्रिटिस गोर्खा बचत तथा ऋण सहकारी संस्थाका मात्रै १७४ जना बचतकर्ताले रकम फिर्ता पाएका हुन् । बाँकी ९ वटा सहकारी संस्थाका २३ जना बचतकर्तालाई विभिन्न परिमाणमा...
बाँझो र उपयोगविहिन जमिनलाई कृषि उत्पादनसँग जोड्दै, ४ स्थानीय तहमा मन्त्रालयले दियो भूमि बैंकको स्वीकृति

बाँझो र उपयोगविहिन जमिनलाई कृषि उत्पादनसँग जोड्दै, ४ स्थानीय तहमा मन्त्रालयले दियो भूमि बैंकको स्वीकृति

भूमि बैंकमार्फत स्थानीय तहमा रहेका बाँझो तथा उपयोगविहीन निजी जग्गाको पहिचान, अभिलेखीकरण र व्यवस्थापन गरी कृषि उत्पादनमा प्रयोग गरिनेछ। जग्गाधनीको स्वामित्व कायम रहने गरी सम्झौताका आधारमा जग्गा उपयोगमा...