नेभिगेशन
नेताका कुरा

राजा ज्ञानेन्द्रले सकेनन्, अरूले सक्छ यहाँ? : देउवा

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफूविरुद्ध भइरहेका कानुनी कारबाही र पक्राउको प्रयासप्रति प्रश्न उठाउँदै पूर्वराजा ज्ञानेन्द्रले समेत आफूलाई जेलमा राख्न नसकेको भन्दै ‘राजा ज्ञानेन्द्रले सकेनन्, अरूले सक्छ यहाँ?’ भनेर प्रश्न गरेका छन् ।

बिहीबार स्वदेश फर्किएका पूर्वसभापति देउवाले चुनदेवी पुगेर आफूलाई निष्पक्ष न्याय दिएको अदालतप्रति विश्वास रहेको बताएका हुन्। उनले विगतमा आफूविरुद्ध भएका कानुनी कारबाही र सम्पत्ति शुद्धीकरणसम्बन्धी छानबिनको प्रसंग निकाल्दै पटक–पटक अनुसन्धान भए पनि केही नदेखिएको दाबी गरे ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘सम्पत्ति शुद्धीकरण आयोग आयो । एकपल्ट आयो, केही छैन भन्यो । दोस्रोपल्ट आयो, केही छैन भन्यो । फेरि कुरा निकाल्यो । यतिसम्म बदमासी काम भइरहेको छ,’ देउवाले भने ।

Ncell
Extreme Energy

आफूमा बदलाको भावना नरहेको भन्दै उनले राजनीतिक तथा कानुनी प्रक्रियाबाट आफूहरू पछि नहट्ने बताए । ‘तर मलाई बदलाको भाव छैन । यिनीहरूलाई हामी देखाएर छाड्छौँ,’ उनले भने ।

आफूलाई विगतमा पूर्वराजा ज्ञानेन्द्रको शासनकालमा गठित शाही आयोगले मुद्दा चलाएको स्मरण गर्दै देउवाले अदालतले उक्त आयोग नै खारेज गरिदिएको बताए ।

‘पूर्वराजा ज्ञानेन्द्रले शाही आयोगमा मुद्दा गरेका हुन् । अदालतले शाही आयोग खारेज गरेर मलाई जेलबाट छुटाएको हो,’ उनले भने ।

देउवाले आफूविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतमा समेत मुद्दा हालिएको दाबी गरे । उनका अनुसार अन्तर्राष्ट्रिय फौजदारी अदालतले आफूलाई पक्राउ नगर्ने जवाफ दिएको थियो ।

‘अस्ति पनि मलाई अन्तर्राष्ट्रिय क्रिमिनल कोर्टमा पनि मुद्दा हाल्यो । अन्तर्राष्ट्रिय क्रिमिनल कोर्टले शेरबहादुरलाई हामी कुनै पनि हालतमा पक्रँदैनौँ भन्यो,’ उनले भने ।

नेपालमा समेत आफू र कांग्रेस नेतृ आरजु राणा देउवालाई पक्राउ गर्नुपर्ने भन्दै मुद्दा हालिएको दाबी गर्दै देउवाले अदालतले छाडिसकेका व्यक्तिलाई फेरि पक्राउ गर्नुपर्ने आवाज उठाइएकोप्रति प्रश्न गरे ।

‘यहीँ पनि मुद्दा हाल्यो । त्यस्ता फटाहा छन् यहाँ । अदालतले छोड्दा पनि शेरबहादुर देउवा र आरजु राणालाई पक्रनु भन्यो,’ उनले भने ।

आफूविरुद्ध भइरहेका गतिविधिबारे जनता र अदालत जानकार रहेको भन्दै देउवाले न्यायपालिकामाथि आफ्नो विश्वास कायमै रहेको बताए ।

‘तर यो देशमा जनता छ, अदालत छ, सबले जानेको छ, बुझेको छ,’ उनले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

आयोजनाको प्रवर्द्धक नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले आवश्यक मर्मत तथा प्राविधिक कार्य सम्पन्न गरी २० मेगावाट क्षमताको एउटा युनिट सञ्चालनमा ल्याएको जानकारी...
नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोकराज सिग्देलको उपस्थितिमा उक्त अभ्यासको पदक वितरण भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...
अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

नेपाल विद्युत प्राधिकरणले  विजुलीको बिल अनलाइनबाट तिर्ने ग्राहकलाई थप सुविधा दिने निर्णय गरेको छ ।

भर्खरै