नेभिगेशन
समाज

बाँझो र उपयोगविहिन जमिनलाई कृषि उत्पादनसँग जोड्दै, ४ स्थानीय तहमा मन्त्रालयले दियो भूमि बैंकको स्वीकृति

काठमाडौँ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४ स्थानीय तहमा भूमि बैंक स्थापना गर्न स्वीकृति दिएको छ । मन्त्रालयले तनहुँको व्यास नगरपालिका, बैतडीको पञ्चेश्वर गाउँपालिका,  सिन्धुलिको फिक्कल गाउँपालिका र  बाजुराको बडिमालिका नगरपालिकालाई भूमि बैंक स्थापना गर्न स्वीकृति दिएको हो ।

भूमि बैंकमार्फत स्थानीय तहमा रहेका बाँझो तथा उपयोगविहीन निजी जग्गाको पहिचान, अभिलेखीकरण र व्यवस्थापन गरी कृषि उत्पादनमा प्रयोग गरिनेछ। जग्गाधनीको स्वामित्व कायम रहने गरी सम्झौताका आधारमा जग्गा उपयोगमा दिइने र त्यसबापत जग्गाधनीले तोकिएको प्रतिफल प्राप्त गर्ने व्यवस्था हुनेछ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्रालयका अनुसार भूमि बैंकले जग्गा आवश्यक भएका भूमिहीन तथा सुकुम्बासी परिवार, साना किसान, दलित, सीमान्तकृत तथा आर्थिक रूपमा विपन्न परिवारलाई प्राथमिकता दिँदै जग्गा उपलब्ध गराउन सहजीकरण गर्नेछ ।

Ncell
Extreme Energy

उपलब्ध जग्गामा भूउपयोग वर्गीकरणअनुसार अन्न, तरकारी, नगदेबाली, फलफूल खेती तथा माछा र पशुपन्छीपालनजस्ता कृषि गतिविधि सञ्चालन गर्न प्रोत्साहन गरिनेछ । साथै स्थानीय तहबाट उपलब्ध हुने बीउ, मल, प्राविधिक सहयोग तथा अन्य सहुलियतलाई समेत भूमि बैंकमार्फत लक्षित वर्गसँग जोडिनेछ ।

बाँझो जमिनलाई उत्पादनसँग जोड्दै भूमिको अधिकतम उपयोग, कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि, स्थानीय रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्र सुदृढ गर्ने उद्देश्यले भूमि बैंक स्थापना गर्न लागिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
वर्षौंपछि उर्लेको कालीले दियो कहिल्यै नमेटिने पीडा, मुस्ताङदेखि सुस्तासम्म कसरी फैलियो बाढी ?

वर्षौंपछि उर्लेको कालीले दियो कहिल्यै नमेटिने पीडा, मुस्ताङदेखि सुस्तासम्म कसरी फैलियो बाढी ?

मौसम पूर्वानुमान महाशाखादेखि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हरेक दिन, हरेक क्षण मौसमको अपडेट गराइरहे । सम्भावित क्षतिबाट जोगिने उपाय खोज्न र जोखिम कम गर्न भनिरहे...
मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध

मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध

नेपाल प्रहरीका अनुसार रसुवा, नुवाकोट, धादिङ, काभ्रेपलाञ्चोक, चितवन, मनाङ, बागलुङ, रोल्पा, कालिकोट, गुल्मी, म्याग्दी, मुस्ताङ, हुम्ला, नवलपरासी पूर्व, पाल्पा, ललितपुर, लमजुङ, तनहुँ र पर्वतलगायत जिल्लाका सडक प्रभावित भएका...
मनाङ र मुस्ताङमा पहिरोले नदीको बहावमा अवरोध, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

मनाङ र मुस्ताङमा पहिरोले नदीको बहावमा अवरोध, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नदीमा बनेको अवरोध जुनसुकै बेला फुट्न सक्ने जोखिम रहेकाले दुवै नदीका तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई खाना र शौचालयको सास्ती (तस्बिर)

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई खाना र शौचालयको सास्ती (तस्बिर)

काठमाडौँ जोड्ने पृथ्वी राजमार्ग अवरुद्ध भएपछि चितवनको नारायणगढ बाइपास, आँपटारी, रामनगर, जुगेडी, मुग्लिन, फिसलिङ र कुरिनटारलगायत क्षेत्रमा मालवाहक गाडीहरूको लामो लाइन लागेको छ । सडक किनारमा गाडी रोकेर...