नेभिगेशन
मुख्य समाचार

नेकपा बहुमतले सुरु गर्‍यो व्यवसायी धम्क्याउँदै चन्दा असुली

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले पाँचौँ अधिवेशनका नाममा व्यापारीहरूसँग चन्दा असुल्न थालेको छ ।

सिधाकुराको सम्पर्कमा आएको एक व्यवसायीले आफूलाई पत्र पठाएर ठूलो रकम माग भएको दाबी गरे ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विभिन्न नम्बरहरूबाट धम्कीपूर्ण भाषा प्रयोग गर्दै चन्दा मागिएको, नदिए जे पनि हुनसक्ने भन्दै धम्क्याइएको उनले बताए ।

Marvel
Extreme Energy

सिधाकुराले धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले हस्ताक्षर गरेको पत्र फेला पारेको छ । 

‘हामी नेपाली जनता मात्र पार्टीको पाँचौँ अधिवेशनमार्फत हामी आफ्ना नेपाली जनतालाई देशी विदेशीको श्रमबाट मुक्त दिनको लागि यही २०८३ साल भाद्र १ र २ गते काठमाडौंमा हुन गइरहेको हुनाले आ–आफ्नो ठाउँबाट आर्थिक सहयोग उपलब्ध गराई दिनु हुन विनम्र अनुरोध छ,’ पत्रमा भनिएको छ।

उक्त पत्रमा नेपाली श्रमजीवी, मजदुर तथा किसान वर्गमा राष्ट्रिय स्वामित्वका लागि मुक्ति र सम्मुनतिको खुसी तथा अधिकारका लागि जस्तोसुकै चुनौती, धक्का, छलाङ, कठिनाइ र महाविपत्तिसमेत सहन सक्ने क्षमता प्राप्त भएको दाबी गरिएको छ।

पत्रमा यस्तो क्षमता स्वतः उत्पन्न नभएको भन्दै नेपाली क्रान्तिकारी जनता, मजदुर तथा किसानले आफ्नो हक र अधिकारका लागि दलाल तथा नोकरशाही पुँजीपति वर्गसँग गरेको संघर्ष र आमूल परिवर्तनको निम्ति भएको वर्गसंघर्षबाट उक्त क्षमता निर्माण भएको उल्लेख छ।

नेकपा (बहुमत)ले नेपाली जनतालाई देशी–विदेशीको श्रमबाट मुक्त गर्न पार्टीको पाँचौँ अधिवेशनमार्फत भूमिका निर्वाह गर्ने दाबीसमेत गरेको छ।

पार्टीले अधिवेशन सम्पन्न गर्न आर्थिक सहयोग मागे पनि पत्रमा सहयोगको निश्चित रकम भने उल्लेख गरिएको छैन। 

adae1439-feac-406b-ba4b-da5b49a1ee5d-1786622084.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
लुम्बिनीलाई कङ्क्रिटको सहर होइन, शान्ति र आध्यात्मिक आनन्दको केन्द्र बनाउने चुनौती

लुम्बिनीलाई कङ्क्रिटको सहर होइन, शान्ति र आध्यात्मिक आनन्दको केन्द्र बनाउने चुनौती

लुम्बिनी विकास कोषमा नयाँ नेतृत्व आएसँगै बुद्ध जन्मस्थल लुम्बिनीको विकासलाई अब कुन दिशामा अघि बढाउने भन्ने बहस सुरु भएको छ। वर्षौंदेखि अधुरो रहेको गुरुयोजना पूरा गर्ने, रोकिएका आयोजना...
मध्यावधि हारपछि सन् २०२८ को राष्ट्रपति दौड तीव्र, भान्सको विकल्पमा रुबियोको चर्चा

मध्यावधि हारपछि सन् २०२८ को राष्ट्रपति दौड तीव्र, भान्सको विकल्पमा रुबियोको चर्चा

यद्यपि, यी नेताहरूका लागि सबैभन्दा ठूलो चुनौती ट्रम्पको राजनीतिक प्रभाव हुनेछ। ट्रम्पले कसलाई समर्थन गर्छन् भन्ने विषयले रिपब्लिकन पार्टीको प्राथमिक निर्वाचनमा निर्णायक भूमिका खेल्न सक्छ।
यमनको सैन्य शिविरमा हूथी आक्रमण, १३ जनाको मृत्यु

यमनको सैन्य शिविरमा हूथी आक्रमण, १३ जनाको मृत्यु

यमनको दक्षिणी प्रान्त अल–धालियाको एक सैन्य प्रशिक्षण केन्द्र (शिविर) मा भएको हुथी ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणमा १३ जना सैन्य  कर्मचारीको मृत्यु हुनुका साथै अन्य ६५ जना घाइते भएको सरकारी...