नेभिगेशन
मुख्य समाचार

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या ५ पुग्यो, ८ जना अझै बेपत्ता

रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ। पहिरोमा परी ८ जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्।

नेपाल प्रहरीका अनुसार पहिरोमा परी मृत्यु हुनेमा थबाङ–५ का १८ वर्षीया शान्ती पुन मगर, ६० वर्षीय कमलबहादुर पुन मगर, ८० वर्षीया मनखना पुन मगर, ७५ वर्षीय दलबहादुर पुन मगर र ८५ वर्षीया हस्तकला रोका मगर रहेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पहिरोमा परी २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर घाइते भएका छन्।

Ncell
Extreme Energy

प्रहरीका अनुसार पहिरोमा परी बेपत्ता हुनेमा ४० वर्षीया जुनकुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, ६ वर्षीय अशोक पुन मगर, ७५ वर्षीय डलबहादुर पुन मगर, ८० वर्षीय अजम्बर पुन मगर, ७८ वर्षीय बलबहादुर पुन मगर, ७२ वर्षीय लिलबहादुर पुन मगर र ७१ वर्षीया मनि पुन मगर रहेका छन्।

अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिएपछि बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सर्पदंश र रेबिजविरुद्धका भ्याक्सिन टेकु केन्द्रीय स्टोरमा आइपुग्यो

सर्पदंश र रेबिजविरुद्धका भ्याक्सिन टेकु केन्द्रीय स्टोरमा आइपुग्यो

स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. अनुज भट्टचनका अनुसार आवश्यक प्रक्रिया पूरा गरी प्राप्त भ्याक्सिन तथा औषधि सातवटै प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्रमार्फत सम्बन्धित स्वास्थ्य संस्थामा वितरण गरिनेछ।
डाछीमा ईभी माइक्रोको ठक्करबाट पैदलयात्रीको मृत्यु, सडक अवरुद्ध

डाछीमा ईभी माइक्रोको ठक्करबाट पैदलयात्रीको मृत्यु, सडक अवरुद्ध

बा.प्र.०१–००२ ज ९५८८ नम्बरको ईभी माइक्रोले पैदल हिँडिरहेका स्थानीय ७० वर्षीय शंखर प्रसाद कुइँकेललाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका कुइँकेलको उपचारका क्रममा शंखरापुर अस्पताल, नारायणटारमा...
नेकपा बहुमतले सुरु गर्‍यो व्यवसायी धम्क्याउँदै चन्दा असुली

नेकपा बहुमतले सुरु गर्‍यो व्यवसायी धम्क्याउँदै चन्दा असुली

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले पाँचौँ अधिवेशनका नाममा व्यापारीहरूसँग चन्दा असुल्न थालेको छ ।
रोल्पा पहिरोमा ७ जनाको मृत्यु भएपछि रास्वपाले सरकारको ध्यानाकर्षण गरायो

रोल्पा पहिरोमा ७ जनाको मृत्यु भएपछि रास्वपाले सरकारको ध्यानाकर्षण गरायो

ष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रोल्पाको थवाङ गाउँपालिका–५, कोतलाबाङमा गएको भीषण पहिरोमा परी ७ जनाको मृत्यु र ५ जना बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गर्दै प्रभावकारी उद्धार र खोजी...