नेभिगेशन
मुख्य समाचार

रोल्पा पहिरोमा ७ जनाको मृत्यु भएपछि रास्वपाले सरकारको ध्यानाकर्षण गरायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रोल्पाको थवाङ गाउँपालिका–५, कोतलाबाङमा गएको भीषण पहिरोमा परी ७ जनाको मृत्यु र ५ जना बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गर्दै प्रभावकारी उद्धार र खोजी कार्यमा जुट्न सरकारको ध्यानाकर्षण गराएको छ ।

रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले बिहीबार विज्ञप्ति जारी गर्दै अविरल वर्षाका कारण बुधबार राति गएको पहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारमा समवेदना व्यक्त गरेका छन् । उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै बेपत्ताको प्रभावकारी खोजी गर्न सरकारसँग आग्रह गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपाले पछिल्लो २४ घण्टामा रोल्पालगायत देशका विभिन्न भागमा बाढी र पहिरोले ठूलो क्षति पुर्‍याएको भन्दै विपद्को अवस्थामा उद्धारमा खटिएका सुरक्षाकर्मी र स्थानीय नागरिकको प्रयासको प्रशंसा गरेको छ ।

Ncell
Extreme Energy

तर राज्यको दायित्व उद्धारमा मात्रै सीमित हुन नहुने रास्वपाको भनाइ छ । विपद् आएपछि मात्रै राज्य संयन्त्र सक्रिय हुने तथा पूर्वतयारीमा सधैं चुक्ने परम्परागत कार्यशैलीका कारण नागरिकले बर्सेनि ज्यान गुमाउनुपरेको भन्दै पार्टीले विपद् जोखिम न्यूनीकरणमा थप जिम्मेवार र जवाफदेही बन्न सरकारसँग आग्रह गरेको छ ।

रास्वपाले संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारलाई विपद्को पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन, जोखिमयुक्त बस्ती पहिचान गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र निःशुल्क उपचारको व्यवस्था गर्न आग्रह गरेको छ ।

निरन्तरको वर्षाका कारण देशभरको जनजीवन, सडक सञ्जाल र बस्ती जोखिमपूर्ण बनेको भन्दै रास्वपाले नागरिकलाई उच्च सतर्कता अपनाउन अपिलसमेत गरेको छ । अत्यावश्यक कामबाहेक यात्रा नगर्न तथा नदी किनार र पहिरोको जोखिम भएका क्षेत्रमा विशेष सावधानी अपनाउन पार्टीले आग्रह गरेको छ ।

‘विपद्को यस घडीमा राज्य आफ्ना नागरिकको अभिभावक बनेर उभियोस्, रास्वपा सदैव प्रभावित क्षेत्रका नागरिकको साथमा छ,’ विज्ञप्तिमा भनिएको छ ।

रास्वपाले पार्टीको देशभरको संयन्त्रलाई विपद् पूर्वतयारी तथा विपद्पछिको उद्धार र राहत कार्यमा राज्यका संयन्त्रलाई सहयोग गर्न चौबीसै घण्टा तयार रहनसमेत अनुरोध गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सर्पदंश र रेबिजविरुद्धका भ्याक्सिन टेकु केन्द्रीय स्टोरमा आइपुग्यो

सर्पदंश र रेबिजविरुद्धका भ्याक्सिन टेकु केन्द्रीय स्टोरमा आइपुग्यो

स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. अनुज भट्टचनका अनुसार आवश्यक प्रक्रिया पूरा गरी प्राप्त भ्याक्सिन तथा औषधि सातवटै प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्रमार्फत सम्बन्धित स्वास्थ्य संस्थामा वितरण गरिनेछ।
डाछीमा ईभी माइक्रोको ठक्करबाट पैदलयात्रीको मृत्यु, सडक अवरुद्ध

डाछीमा ईभी माइक्रोको ठक्करबाट पैदलयात्रीको मृत्यु, सडक अवरुद्ध

बा.प्र.०१–००२ ज ९५८८ नम्बरको ईभी माइक्रोले पैदल हिँडिरहेका स्थानीय ७० वर्षीय शंखर प्रसाद कुइँकेललाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका कुइँकेलको उपचारका क्रममा शंखरापुर अस्पताल, नारायणटारमा...
नेकपा बहुमतले सुरु गर्‍यो व्यवसायी धम्क्याउँदै चन्दा असुली

नेकपा बहुमतले सुरु गर्‍यो व्यवसायी धम्क्याउँदै चन्दा असुली

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले पाँचौँ अधिवेशनका नाममा व्यापारीहरूसँग चन्दा असुल्न थालेको छ ।
रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या ५ पुग्यो, ८  जना अझै बेपत्ता

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या ५ पुग्यो, ८ जना अझै बेपत्ता

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ। पहिरोमा परी ८ जना बेपत्ता भएका छन् भने दुई जना...