नेभिगेशन
समाज
मन्त्रिपरिषद् बैठक

२८ गते बस्ने संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपतिलाई आग्रह

काठमाडौँ । सरकारले वैशाख २८ गते सोमबार बस्ने स‌ंघीय स‌सद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २८ गते सोमबार दिउँसो ४ बजे संघीय संसद्का दुवै सदनको संयुक्त बैठक बस्ने र उक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै सरकारले उक्त बैठकमा उपस्थितिका लागि सबै सांसदलाई अनुरोधसमेत गरेको छ ।

Ncell
Extreme Energy

सोमबारको बैठकमा सरकारले नीति तथा कार्यक्रम पेश गर्ने तयारी पनि गरेको छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिले यसअघि नै संसद्का दुवै सदनको अधिवेशन वैशाख २८ गते सोमबार दिउँसो २ बजे बस्ने गरी आह्वान गरिसकेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पाल्पाको अर्चले केन्द्रमा पर्‍यो २१२ मिलिमिटर पानी

पाल्पाको अर्चले केन्द्रमा पर्‍यो २१२ मिलिमिटर पानी

पाल्पाको अर्चले केन्द्रमा पछिल्लो २४ घण्टामा २१२.८ मिलिमिटर वर्षा भएको छ।
मौसमविद् भन्छन्– गण्डकीदेखि सुदूरपश्चिसम्म अझै ठूलो वर्षाको जोखिम छ

मौसमविद् भन्छन्– गण्डकीदेखि सुदूरपश्चिसम्म अझै ठूलो वर्षाको जोखिम छ

काठमाडौंमा लगातार सिमसिमे झरी परिरहेको छ। लगातारको झरीका कारण काठमाडौं उपत्यकाको बागमती जलाधारअन्तर्गतका नदी, खोलाको सतह बढेका छन्।
बल्खु, कलंकी, नागढुंगामा रोकिए गाडी (तस्बिरहरू)

बल्खु, कलंकी, नागढुंगामा रोकिए गाडी (तस्बिरहरू)

लगातारको वर्षासँगै सम्भावित जोखिमलाई ध्यान दिँदै काठमाडौँ उपत्यकाबाट बाहिरिने सवारीसाधन बल्खु, कलंकी र नागढुंगामा होल्ड गरिएको छ।
आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

“हाल न्यून चापीय प्रणाली भारतको छत्तीसगढ र आसपासको क्षेत्रमा अवस्थित रहेको र क्रमशः नेपालतर्फ सर्दै जाने र त्यसको प्रभाव आजदेखि पश्चिमी भूभागतर्फ सर्दै जानेछ,” मौसमविद् लामिछानेले भने, “आज...